थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा समस्या झन् जटिल बनेको जनाएको छ । आयोगले सरकारलाई पटक–पटक अध्ययन प्रतिवेदन र सिफारिस बुझाएपनि कार्यान्वयन हुन नसकेको भन्दै स्रोत–साधन र अधिकार अभावका कारण अपेक्षित काम गर्न कठिन भएको बताएको हो ।

 

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा भएको छलफल भएको थियो । उक्त छलफलका क्रममा थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूले मुक्त कमैया र कमल्हरीको अवस्था अझै दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘कमैया र कमलरीलाई मुक्त त गरियो, तर त्यसपछि उनीहरूको जीवन झन् विकराल भयो । पहिले कमैया साहुको घरमा बस्ने, काम गर्ने र खान पाउँथे। मुक्त भएपछि त्यहाँ बस्न र काम पनि नपाउने अवस्था आयो। त्यसैले सुरक्षित बासस्थान, शिक्षा, रोजगारी र दैनिक जीवनको व्यवस्थापन राज्यले सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो अध्ययन प्रतिवेदनले देखाएको छ ।’

 

उहाँका अनुसार आयोगले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको भएपनि त्यसअनुसार काम हुन सकेको छैन । उहाँले भन्नु भयो, ‘सरकारले जग्गा दियो, तर घर बनाउने पैसा भएन । १० धुर वा एक–दुई कठ्ठा जग्गा पाउँदा पनि घर कसरी बनाउने, खुला आकाशमुनि बस्नुपर्ने अवस्था भयो। त्यसैले मुक्त गरिदिएर मात्रै हुँदैन, उनीहरूको सुरक्षित पुनःस्थापना पनि गर्नुपर्छ ।’ आयोगका सिफारिसहरू संसदमा गम्भीर रूपमा छलफल हुनुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘हामी गाउँ–बस्तीमा गएर प्रत्यक्ष अध्ययन गरेर समस्या र समाधानसहित सिफारिस गर्छौं । तर संसदमा ती विषयमा छलफल नै हुँदैन । आयोगलाई पनि सम्बन्धित छलफलमा बोलाइयो भने हामी प्रत्यक्ष अनुभवका आधारमा समाधान प्रस्तुत गर्न सक्छौं ।’ थारू समुदायको सूचीकरण सम्बन्धमा बोल्दै उनले देशभर ५२३ प्रकारका थारू थर रहेको अध्ययनले देखाएको जानकारी दिनु भयो। भाषा र संस्कृतिको संरक्षणबारे उहाँले थारू समुदाय सांस्कृतिक रूपमा अत्यन्त समृद्ध रहेको उल्लेख गर्दै सबै क्षेत्रका थारू समुदायले स्वीकार्ने साझा मानक भाषा निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो।

 

आयोगप्रति समुदायमा पर्याप्त जानकारी नपुगेको स्वीकार गर्दै उहाँले धेरैले आयोगलाई विकास निर्माण गर्ने निकायका रूपमा बुझ्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘गाउँमा धेरैले आयोगले बाटो बनाइदिनुप¥यो, धारा खनिदिनुप¥यो भन्ने अपेक्षा गर्नुहुन्छ । आयोगको भूमिका नीति, कानुन र अधिकारको संरक्षण हो भन्ने बुझाउन हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं। तर बजेटको अभावले पर्याप्त काम गर्न सकिएको छैन।’ यस्तै, समिति सभापति आकृति अवस्थीले आयोगले गुनासो संकलनमा मात्र सीमित नभई समुदायको वास्तविक जीवनस्तर सुधार हुने गरी परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइनु भयो।

 

उहाँले आयोगका अध्ययन, प्रतिवेदन र अनुसन्धानलाई व्यवहारमा लागू गर्न सम्बन्धित मन्त्रालय, स्थानीय तह तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामीले गुनासोहरू गर्नुभन्दा पनि समुदाय स्तरबाट आएका गुनासोहरूलाई हामीले कसरी अन्यायमा परेका समुदायहरूलाई न्याय दिने, उहाँहरूको जीवनस्तर उकास्ने भन्ने कुरामा आयोगले काम गर्नुपर्छ। गुनासो मात्रै गरेर प्रगतितर्फ जान सकिँदैन।’

 

सभापति अवस्थीले आयोगका सिफारिसहरू कागजमै सीमित हुने अवस्था अन्त्य गर्न सरकारसँग समन्वय गरेर कार्यान्वयनको अवस्था अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो। उहाँले भन्नु भयो,‘सिफारिस गरेर टेबलमा छोड्दैमा कार्यान्वयन हुँदैन। आयोगले सिफारिसको अवस्था ट्र्याकिङ गर्ने सिस्टम बनाउनुपर्छ। अबका सिफारिसमा समयसीमा तोक्नुपर्छ र यति समयभित्र सरकारले काम नगरे समुदायमा कस्तो असर पर्छ भन्ने पनि स्पष्ट गर्नुपर्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।