नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै आवश्यक जनशक्ति हाल ’पुल’ मा रहेका करार कर्मचारीहरूबाटै व्यवस्थापन गर्ने जनाएको हो।

परिपत्र अनुसार नयाँ स्थापना भएका निकाय वा रिक्त स्वीकृत दरबन्दीमा करार कर्मचारी आवश्यक परेमा नयाँ व्यक्ति भर्ना गर्न पाइने छैन। यस्तो अवस्थामा सम्बन्धित निकायले सामान्य प्रशासन मन्त्रालयमार्फत ’पुल’ मा रहेका करार कर्मचारी माग गर्नुपर्नेछ र उनीहरूसँगै करार सम्झौता गरी काममा लगाउनुपर्नेछ। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (इ७ः) स्वीकृत भएपछि पनि सम्बन्धित निकायले आवश्यकता अनुसार यही ’पुल’ का कर्मचारीलाई खटाउन सक्ने व्यवस्था गरिएको छ।

यसअघि सरकारले आफूहरूलाई हटाउन लागेको भन्दै करार कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारीहरूलाई हटाउन नलागिएको स्पष्ट पारेपछि आन्दोलन स्थगित भएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता

ब्लु बस’ विवाद : महिला सुरक्षाको नाममा छुट्टै सेवा कि समानताको भावनाविपरीत कदम? सरकारमाथि उठ्यो प्रश्न

काठमान्डौं , १ असार । बालेन शाह नेतृत्वको सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने भन्दै अघि सारेको निःशुल्क ‘ब्लु बस’ योजना सय दिन पुग्दा पनि

शिक्षा परामर्श क्षेत्रलाई नियन्त्रण कि संकुचन?

दमक,१ साउन । नेपाली समाजको एउटा पुरानो प्रवृत्ति छ— जबसम्म कुनै नीति वा निर्णयको प्रत्यक्ष असर आफ्नै जीवनमा पर्दैन, तबसम्म त्यसको गम्भीरता महसुस हुँदैन। “घैँटोमा

गरिब जनताको काँधमा करको भारी, सांसदलाई स्वकीय सचिवको सुविधा

काठमाडौं,१ साउन । सर्वसाधारण नागरिक महँगी र करको भारसँग जुधिरहेका बेला सरकारले सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेपछि चौतर्फी बहस सुरु भएको छ।

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन