धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने सङ्क्रान्तिकै दिन सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ।

 

असार महिनाभर खेतबारीमा हिलोमैलोमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न वा मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने परम्परा रहिआएको छ । यस अवसरमा कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गर्दै अगुल्टो फाल्ने चलन छ । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने तथा घरका ढोका बन्द गर्ने प्रचलन पनि विभिन्न समुदायमा कायम छ । असारभरि कृषि कर्ममा व्यस्त रहेका किसानहरू यस दिन परिवार र आफन्तसँग भेला भएर रमाइलो गर्ने परम्परा पनि रहेको छ।

साउन महिनालाई भगवान् शिवको आराधनाको विशेष महिना मानिन्छ । यस महिनाभर महिलाहरूले हरियो चुरा, पोते र हरियो–रातो पहिरन लगाउने चलन छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ब्लु बस’ विवाद : महिला सुरक्षाको नाममा छुट्टै सेवा कि समानताको भावनाविपरीत कदम? सरकारमाथि उठ्यो प्रश्न

काठमान्डौं , १ असार । बालेन शाह नेतृत्वको सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने भन्दै अघि सारेको निःशुल्क ‘ब्लु बस’ योजना सय दिन पुग्दा पनि

शिक्षा परामर्श क्षेत्रलाई नियन्त्रण कि संकुचन?

दमक,१ साउन । नेपाली समाजको एउटा पुरानो प्रवृत्ति छ— जबसम्म कुनै नीति वा निर्णयको प्रत्यक्ष असर आफ्नै जीवनमा पर्दैन, तबसम्म त्यसको गम्भीरता महसुस हुँदैन। “घैँटोमा

गरिब जनताको काँधमा करको भारी, सांसदलाई स्वकीय सचिवको सुविधा

काठमाडौं,१ साउन । सर्वसाधारण नागरिक महँगी र करको भारसँग जुधिरहेका बेला सरकारले सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेपछि चौतर्फी बहस सुरु भएको छ।

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत