पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो ।

 

राजमार्ग खुलेसँगै दुवैतर्फ रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोटमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन काभ्रेको भकुण्डे क्षेत्रमा रोकिएका थिए । प्रहरीले वर्षायामका कारण सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता होइन : विश्वप्रकाश शर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताउनु भएको छ । बीपी स्मृति दिवसका

आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो : सभापति राई

काठमान्डौं, ४ साउन ।  राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता