काठमाडौँ ,४ असार। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण नौवटा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डहरू पूर्ण तथा आंशिक रूपमा ठप्प भएका छन्।
१। कोशी प्रदेश (मेची र मध्यपहाडी लोकमार्ग)
पूर्ण अवरुद्ध:
मेची राजमार्ग इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द।
मध्यपहाडी लोकमार्ग खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्र (दिक्तेल–भोजपुर सडकखण्ड) पहिरोका कारण पूर्ण ठप्प।
एकतर्फी सञ्चालन भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र खुला।
२। बागमती प्रदेश (बिपी राजमार्ग र कान्ति लोकपथ)
पूर्ण रोक सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग र कान्ति लोकपथ ९काठमाडौँ–हेटौँडा० मा अर्को सूचना नभएसम्मका लागि सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
३। अरनिको र पासाङल्हामु राजमार्ग
पूर्ण अवरुद्धस् सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोले पूर्ण रूपमा बन्द।
एकतर्फी सञ्चालन रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडकखण्ड एकतर्फी खुला।
४। पृथ्वी राजमार्ग (चितवन र धादिङ खण्ड)
पूर्ण अवरुद्धस् चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध। त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलास्थित सडक पनि पूर्ण रूपमा बन्द।
एकतर्फी सञ्चालन धादिङकै तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा छ।
प्रहरीको अपिल वर्षा अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम कायमै छ। यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न नेपाल प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ।








