बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी स्मृती दिवसको आवसरमा राजधानिमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले बीपीले समावेशी लोकतन्त्रको अभ्यास शब्दभन्दा व्यवहारबाट गरेको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘सामाजिक न्यायलाई छाड्नु भयो भने, मानव कल्यानलाई छाड्नु भयो भने, लोकको कल्याणलाई छाड्नु भयो भने, नैतिक अधिकार र नैतिक विषय लाई छाड्नु भयो भने विकास दिगो हुन्छ कि हुँदैन भनेर छाड्नु भयो भने त्यहाँ बीपीले कुराले चर्चा मात्र गर्नु भएन आफै अभ्यास पनि गर्नु भयो ।’

 

उहाँका अनुसार बीपीको स्पष्ट मान्यता थियो कि सामाजिक न्याय, मानव कल्याण र सबै समुदायको सहभागिताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । विकासको प्रक्रियामा नैतिक मूल्य र नागरिकको हितलाई बेवास्ता गरिए दिगो विकास सम्भव नहुने सन्देश बीपीले आफ्नो राजनीतिक जीवनबाट व्यवहारमै देखाएको उहाँले उल्लेख गर्नु भयो। दक्षिण एसियामै महिलाको राजनीतिक सहभागिता सीमित रहेका बेला बीपीले मन्त्रिपरिषद्मा महिलालाई अवसर दिएको, दलित नेतालाई पार्टीको महामन्त्री बनाएको तथा विभिन्न जातजाति, भाषा र समुदायलाई राज्यका संरचनामा सहभागी गराएको उनले उल्लेख गर्नु भयो।

 

उहाँले भन्नु भयो, ‘दक्षिण एशियमानै कुनै महिलाले सरकारमा सहभागिता हुने अवसर प्राप्त नगर्दै गर्दा आफ्नो मन्त्री मण्डलमा सहभागी गराई वा एउटा दलितको प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएर वा सबै जात जाती भाषा भाषी सबैलाई समेटेर संसद वा मन्त्री बनाएर वीपी कोइरालाई त्यो बोलामा नेपालका प्रजातन्त्र समावेशी नभईकन अगाडी बढ्यो भने त्यो प्रजातन्त्र पुरा हुँदैन भनेर हामीलाई सिकाउनु भयो ।’ उहाँले जलवायु परिवर्तनको शब्दावली त्यसबेला प्रचलनमा नभए पनि बीपीले विकास, मानव कल्याण, सामाजिक न्याय र नैतिक जिम्मेवारीलाई जोडेर दिगो विकासको आधार प्रस्तुत गरेको बताउनु भयो ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, समावेशिता र सामाजिक न्यायका अवधारणाहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका