सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ । डीएमआरसीका अनुसार अर्को सूचना नआएसम्म लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।

 

यद्यपि यात्रुको सहजताका लागि राजीव चोक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनमा इन्टरचेन्ज सुविधा भने सञ्चालनमा रहने डीएमआरसीले जनाएको छ । भारतको संसद्को मनसुन अधिवेशन चलिरहेका बेला जंतर–मंतर र संसद् भवन आसपासका क्षेत्रमा प्रदर्शनको सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइएको हो । यसअघि पनि सुरक्षा कारण देखाउँदै डीएमआरसीले जनपथ, राजीव चोक, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थ गरी पाँच स्टेशन बन्द गरेको थियो । संसद् घेराउ गर्ने आह्वानसहित केही समूहले प्रदर्शनको तयारी गरेपछि दिल्ली प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको हो । प्रदर्शन नियन्त्रणका लागि ¥यापिड एक्सन फोर्स (आरएएफ) का सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

 

यसैबीच, दिल्ली प्रहरीले संसद् मार्चका लागि कुनै आधिकारिक अनुमति नलिइएको जनाएको छ । प्रहरीले नयाँ दिल्ली जिल्लामा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू रहेको बताउँदै अनुमति बिना पाँच वा त्यसभन्दा बढी व्यक्तिको जमघट, जुलुस र प्रदर्शनमा रोक लगाइएको जनाएको छ । प्रदर्शनकारीहरूले भने जंतर–मंतरमा आन्दोलन जारी राखेका छन् । शिक्षासम्बन्धी अनियमितता, परीक्षा प्रश्नपत्र चुहावटलगायत विषय उठाउँदै सुरु भएको आन्दोलनमा अभियन्ता सोनम वाङचुक पनि सहभागी भएका थिए । जुन महिनाबाट सुरु भएको उक्त प्रदर्शनले राष्ट्रिय चर्चा पाएको थियो । आन्दोलनकारीहरूले शिक्षा प्रणालीमा देखिएका कमजोरीको जिम्मेवारी लिनुपर्ने भन्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत माग गरेका छन् । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प

काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ

बिर्तामोड सडक विस्तारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

झापा,६ साउन। बिर्तामोड नगरपालिकाले अघि बढाएको महानन्द चोक–मुक्तिचोक सडक विस्तार योजना सर्वोच्च अदालत पुगेको छ। सडक विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै

बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,