राष्ट्रिय व्यक्तित्वहरूको सम्मान र नयाँ पुस्ताको मार्गदर्शनमा नेपालको जोड

काठमाडौं,७ साउन । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्नेमा जोड दिनु भएको छ । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उहाँले ‘जेनजी आन्दोलन’ नयाँ पुस्तालाई कस्तो संस्कार र संस्कृति दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘कस्तो संस्कार, कस्तो संस्कृति हामीले नयाँ पुस्तालाई दिइरहेका छौँ भन्ने कुराको एउटा उदाहरण बन्न पुगेको छ जेनजी आन्दोलन । यस्तो आन्दोलनको निम्ति अगुवाइ गर्ने, आह्वान गर्ने व्यक्ति तथा परिवर्तनका संवाहकहरूले कहिल्यै पनि राज्यका सम्पत्तिमा विध्वंस मच्चाउने वा गौरवशाली व्यक्तित्वहरूको अपमान हुने अवस्थाको कल्पना गरेका थिएनन् ।’

 

नेपालले पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, तुल्सीलाल अमात्य, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका राष्ट्रिय व्यक्तित्वहरूको सम्मान गर्नुपर्ने उल्लेख गर्नु भयो । ‘आफ्ना गौरवशाली व्यक्तित्वहरु चाहे पुष्पलाल हुनुहोस्, चाहे हिजो मात्रै स्मृति दिवस मनाइएका वीपी कोइराला होस्, चाहे मदन भण्डारीको होस्, चाहे तुल्सीलाल अमात्यको होस्, चाहे अरु कुनै नेताहरु गणेशमान, कृष्णप्रसाद भट्टराई लगायत त्यस्ता व्यक्तित्व जोसुकै होस् । त्यस्ता व्यक्तिहरूलाई कदर गर्नुपर्ने हो । विश्वसामु शिर ठाडो पारेर उभिने दिशामा अगाडि बढ्नुपर्ने हो । तर के देख्नुपर्याे, के भोग्नुपर्यो भन्ने पनि लाग्दछ,’ उहाँले भन्नु भयो ।

 

उहाँले नयाँ पुस्ताको गुनासोलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो। ‘नयाँ पुस्ताको हामीप्रति कुनै गुनासो छ भने त्यसलाई एक, दुई, तीन, चार भनेर अमूर्त रूपमा टारेर हुँदैन । भ्रष्टाचार भएका छन् भने त्यसलाई कसरी रोक्ने, दोषीलाई कसरी दण्डित गर्ने, देश विकासको सोच कसरी विकास गर्ने, सुशासनको प्रत्याभूति कसरी दिने, जनताको पीडा र वेदनासँग कसरी जोडिने, गरिबी, अभाव र बेरोजगारीबाट जनतालाई कसरी मुक्त गर्ने भन्ने विषयमा ठोस योजनाका साथ अघि बढ्नुपर्छ,’ उहाँले भन्नु भयो।

उहाँले सबैलाई एउटै दृष्टिकोणबाट हेर्ने प्रवृत्ति उचित नभएको पनि बताउनु भयो । ‘कति काम भयो, कति भएन भन्ने वस्तुगत मूल्यांकन हुनुपर्छ । अमूर्त रूपमा सबैलाई उस्तै भन्ने कामको कुनै अर्थ छैन,’ उहाँले भन्नु भयो । यसैगरी नेपालले देशका सबै नागरिक गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले सामाजिक अभियन्ता, राजनीतिककर्मी तथा देशभक्त नागरिक सबैले देशको वर्तमान अवस्थाप्रति जिम्मेवार बन्नुपर्ने बताउनु भयो । ‘हामी सबैले गम्भीर हुनुपर्छ। यो देशका प्रत्येक नागरिक गम्भीर हुनुपर्छ । सामाजिक अभियन्ताहरू, राजनीतिककर्मीहरू र एउटा देशभक्त नागरिक पनि गम्भीर हुनुपर्छ,’ उहाँले भन्नु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका