रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्।

अगस्टको दोस्रो साता चार सदस्यीय टोलीसहित बेइजिङ जाने तयारीले अहिले राजनीतिक वृत्तमा चासो बढाएको छ।
भारत भ्रमणपछि अब चीनतर्फ बढेको लामिछानेको कदमलाई धेरैले केवल औपचारिक भ्रमणका रूपमा मात्र हेरेका छैनन्। यसलाई रास्वपाले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा पनि विश्लेषण गर्न थालिएको छ।

चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग भेटवार्ता हुने भनिएको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका लामिछाने अब चीनको उच्च तहसँग संवाद गर्न खोजिरहेका छन्। यसले रास्वपाले परम्परागत दलभन्दा फरक शैलीमा अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउन खोजेको संकेत दिएको छ।

पाँच दिनको भनिएको यो भ्रमणमा नेपाल–चीन सम्बन्ध, विकास, लगानी र सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
तर राजनीतिक वृत्तमा अर्को बहस पनि सुरु भएको छ–

नयाँ शक्तिका रूपमा उदाएको रास्वपा अब राष्ट्रिय राजनीतिबाट बाहिर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो स्थान बनाउन खोज्दैछ ?
रवि लामिछानेको चीन भ्रमणले कूटनीतिक सम्बन्ध मात्र होइन, नेपालको आगामी राजनीतिक यात्रामा उनको भूमिकाबारे पनि नयाँ चर्चा जन्माएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाबुले भोट हालेर गए, तर हाम्रो नागरिकता नै बनेन

दमक, ८ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–३ मा बस्ने धुतुरो मुखिया ३२ वर्षको हुनुभयो । तर, उहाँको जीवनको एउटा ठूलो सपना अझै अधुरै छ। त्यो

‘सीमा सुरक्षा कडा बनाउन नियमित छड्के अनुगमन गर्दैछु’: गृहमन्त्री

काठमाडौं,८ साउन । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सिमावर्ती नाकामा नियमित रूपमा

वामपन्थी आन्दोलन र सुरक्षा निकायका कमजोरी बारे प्रचण्डको प्रश्न

काठमाडौं,८ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे

न्यायपालिकामा हस्तक्षेप नगर्न नेपाल सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूको चेतावनी

काठमाडौं,८ साउन । अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपाल सरकारलाई सर्वोच्च अदालतमा हुने नियुक्ति तथा अदालतको संरचनामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। उनीहरूले यसलाई न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर

आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु

काठमाडौं,८ साउन। नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल गरेको छ। स्वास्थ्य

दमक बजारका सडक मर्मत गरिदिन मेयर थापाको तारन्तार पत्र, तर देखिएन उपलब्धि

दमक, ८ साउन । दमक नगरपालिकाभित्र निर्माणाधीन सडक तथा ढल व्यवस्थापन आयोजनाहरू लामो समयदेखि अलपत्र परेपछि दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले सम्बन्धित निकायलाई पटक–पटक पत्राचार