सशस्त्रको भीषण आक्रमण, ९ जना प्रहरीको मृत्यु

पाकिस्तान। प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा नौ जना प्रहरीको मृत्यु भएको छ।

सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन्। पछिल्ला केही दिनयता सोही क्षेत्रमा भएका लगातारका आक्रमणले पाकिस्तानको सुरक्षा चुनौती थप गम्भीर बनेको छ।

प्रहरीका अनुसार बुधबार हङ्गु जिल्लास्थित प्रहरी चौकीलाई लक्षित गरी ठूलो सङ्ख्यामा सशस्त्र व्यक्तिले आक्रमण गरेका थिए। झडपमा नौ जना प्रहरीको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका छन्। जवाफी कारबाहीमा सुरक्षा बलले १५ जना आक्रमणकारीलाई मार्नुका साथै अन्य धेरैलाई घाइते बनाएको जनाएको छ।

खैबर पख्तुनख्वा प्रहरीद्वारा जारी विज्ञप्तिमा झडपका क्रममा एउटा बख्तरबन्द सवारीसाधन र अन्य धेरै प्रहरीका गाडीमा पनि गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ।

यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान ९टिटिपी० ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशबाट लिएको छ। पछिल्ला महिनामा उक्त समूहले खैबर पख्तुनख्वाका विभिन्न जिल्लामा सुरक्षा निकायलाई लक्षित गर्दै आक्रमण तीव्र बनाउँदै आएको छ।

यसअघि गत शुक्रबार पनि खैबर पख्तुनख्वाको ट्याङ्क जिल्लास्थित अर्को सुरक्षा चौकीमा आत्मघाती शैलीको आक्रमण भएको थियो। विस्फोटक पदार्थले भरिएको सवारीसाधन सुरक्षा चौकीमा ठोक्काइएपछि भएको विस्फोटमा सैनिक, प्रहरी र सरकारी कर्मचारीसहित १५ जनाको मृत्यु भएको थियो। त्यस घटनापछि सुरक्षा बलले गरेको कारबाहीमा १२ जना आक्रमणकारी मारिएको सेनाले जनाएको थियो।

पाकिस्तान सरकारले खैबर पख्तुनख्वा र बलुचिस्तानमा बढ्दो हिंसात्मक गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित आतङ्कवादी समूह जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ। तर अफगानिस्तानको तालिबान सरकारले भने त्यस्ता आरोप अस्वीकार गर्दै आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिइने बताउँदै आएको छ।

दुवै देशबीच यस विषयलाई लिएर पछिल्ला महिनामा तनाव बढ्दै गएको छ। पाकिस्तानले अफगान भूमिमा लुकेका आतङ्ककारीलाई लक्षित गरी हवाई आक्रमणसमेत गर्दै आएको जनाएको छ। तालिबान प्रशासन र संयुक्त राष्ट्रसङ्घका अनुसार गत जुनमा पूर्वी अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको थियो। रासस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ

राजनीतिकरण छाडेर दीर्घकालीन समाधानमा लाग्न सांसद विश्वकर्माको जोड

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियानलाई दीर्घकालीन समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताउनु

देशको सुरक्षा अवस्था र सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ,१४ साउन । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : प्रचण्ड

काठमाडौं,१४ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताउनु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा

देवानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुग्यो, आठ घाइतेको उपचार जारी

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको

पोल भाडा विवाद समाधान तर्फ

काठमाडौं,१४ साउन । लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा