काठमान्डौं, १५ साउन । सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल सुरु गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा शान्ति, संवाद र निकासका उपायबारे गम्भीर छलफल भइरहेको छ।
छलफलमा डा.सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के। शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायतका नेताहरू सहभागी हुनुहुन्छ।
यो बैठकबाट मधेशमा देखिएको तनाव समाधानका लागि ठोस सहमति निस्कने अपेक्षा गरिएको छ।









