‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

काठमाडौं, १९ साउन । चलचित्र ‘गौँथली’ को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ ।

प्रदर्शनको तेस्रो आइतबार ९हिजो० सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् ।

यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा ‘गौंथली’ बनेको छ ।

डा। कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल

धनुषामा निषेधाज्ञा हटेसंगै चहल पहल सामान्य बन्दै

धनुषा,१८ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै

शोकमा डुब्यो ‘निम्सादाई’को जन्म गाउँ ,नयाँ घर बनाउने सपना अधुरै

म्याग्दी,१८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन