हमास ननिःशस्त्र भएसम्म गाजाबाट सेना फर्कँदैनः नेतन्याहु

काठमाडौं,२० साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने बताउनु भएको छ । उहाँले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइएको पनि बताउनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा नेतन्याहुले इजरायल डिफेन्स फोर्स (आईडीएफ) का सैनिकहरूलाई आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको उल्लेख गर्नु भएको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार गाजामा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरण गर्ने उद्देश्यसहित तथाकथित ‘बोर्ड अफ पिस’ ले तयार पारेको सम्झौता सार्वजनिक गर्नु भएको थियो । उक्त प्रस्तावबारे प्रतिक्रिया दिँदै नेतन्याहुले अमेरिकाले मस्यौदा पठाएको भए पनि इजरायलले त्यसमा सहमति नजनाएको स्पष्ट पार्नु भयो ।‘यो हाम्रो मस्यौदा होइन । हामीले आफ्ना टिप्पणीहरू पठाएका छौं,‘ नेतन्याहुले भन्नु भयो। यसअघि ट्रम्पले घोषणा गरेको सम्झौतापछि हमासले गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि तयार पारिएको पछिल्लो कार्ययोजनामा सहमति जनाएको थियो । तर उसले हतियार व्यवस्थापन सम्बन्धी विषयमा केही सर्त राखेको थियो । हमासले इजरायली आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने, गाजाबाट इजरायली सेना फिर्ता हुनुपर्ने र पुनर्निर्माण प्रक्रियामा ठोस प्रगति हुनुपर्ने सर्त पूरा भएपछि मात्र हतियारसम्बन्धी व्यवस्था अघि बढाउन सकिने जनाएको थियो । यसैबीच, पछिल्ला दिनमा गाजामा भएका इजरायली हवाई आक्रमणमा दर्जनौं मानिसको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । मारिनेमा बालबालिका र अन्य सर्वसाधारणसमेत रहेको बताइएको छ ।

 

घटनापछि गाजा युद्धविराम वार्तामा मध्यस्थता गर्दै आएका कतार, इजिप्ट र टर्कीले सोमबार संयुक्त रूपमा इजरायली आक्रमणको निन्दा गरेका छन् । उनीहरूले युद्धविराम प्रक्रियालाई कमजोर पार्ने कुनै पनि गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन ।गाजामा जारी द्वन्द्व अन्त्यका लागि विभिन्न चरणमा वार्ता भइरहे पनि सेना फिर्ता, हमासको हतियार व्यवस्थापन र पुनर्निर्माणका विषयमा इजरायल र हमासबीच अझै गहिरो मतभेद कायम रहेको छ । सीसीटीभी प्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य