रोहिङ्ग्या समस्या समाधानमा जुट्न विश्व समुदायलाई गुटेरेसको आग्रह

काठमाडौं,९ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदाय माथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको ध्यान पुनः केन्द्रित गर्दै तत्काल प्रभावकारी कदम चाल्न आह्वान गर्नु भएको छ।सामाजिक सञ्जाल एक्समा सोमबार उहाँले म्यान्मार, बंगलादेश तथा क्षेत्रका अन्य स्थानमा रहेका रोहिङ्ग्या समुदायले बढ्दो असुरक्षा, संरक्षणको खुम्चिँदो दायरा र दीर्घकालीन समाधानको घट्दो सम्भावनाको सामना गरिरहेको बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय सहयोगमा आएको कटौतीका कारण जीवनरक्षक मानवीय सहायता समेत प्रभावित भएको उल्लेख गर्नु भएको छ।

 

गुटेरेसले रोहिङ्ग्या संकटको दीर्घकालीन समाधानका लागि म्यान्मारको राजनीतिक संकटका मूल कारण सम्बोधन गर्ने समावेशी र व्यापक राजनीतिक समाधानमा विश्व समुदायले सामूहिक प्रयास बलियो बनाउनुपर्नेमा जोड दिनु भएको छ ।उहाँले म्यान्मारमा स्वेच्छिक, सुरक्षित, सम्मानजनक र दिगो रूपमा रोहिङ्ग्याको फिर्तीका लागि अनुकूल वातावरण नबन्दासम्म मानवीय सहायता, जीविकोपार्जनका अवसर र आत्मनिर्भरता प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।

 

सन् २०१७ मा म्यान्मारको रखाइन राज्यमा भएको हिंसापछि सात लाख ५० हजारभन्दा बढी रोहिङ्ग्या मुस्लिम बंगलादेश पलायन भएका थिए । संयुक्त राष्ट्रसंघले उक्त घटनालाई जातीय सफायाको पाठ्यपुस्तक उदाहरण भनेर वर्णन गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार अहिले बंगलादेशको कक्स बजार क्षेत्रमा करिब १० लाख रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन् । उनीहरूको सुरक्षित र सम्मानजनक रूपमा म्यान्मार फिर्तीनै संकटको सबैभन्दा उपयुक्त र दिगो समाधान भए पनि त्यसका लागि आवश्यक वातावरण अझै बनेको छैन ।

 

संयुक्त राष्ट्रसंघले रोहिङ्ग्या शरणार्थी र उनीहरूलाई आश्रय दिइरहेका समुदायलाई सहयोग जारी राख्नु मानवीय दायित्व मात्र नभई मानवअधिकार संरक्षण, क्षेत्रीय स्थिरता कायम राख्ने र शरणार्थी समुदायलाई बेवास्ता हुन नदिने दृष्टिले पनि अत्यावश्यक रहेको जनाएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य