रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको जनाएको छ ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि इच्छुक दातृ निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारले खोज, उद्धार र गैरखाद्य राहत सामग्री उपलब्ध गराउन सक्ने जनाएको हो ।

खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा प्रभावित परिवारलाई शीघ्र राहत उपलब्ध गराउन विभिन्न सामग्री आवश्यक रहेको प्राधिकरणको उल्ले छ ।‘रसुवा भोटेकोशी भीषण बाढीको कारण जनधनको ठूलो क्षति भएको र हाल खोज, उद्धार तथा राहत व्यवस्थापन सम्बन्धी कार्यहरु निरन्तर रुपमा भइरहेका छन् । खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित घरपरिवारलाई छिटो, छरितो राहत व्यवस्थापन गर्न तपसिल बमोजिमका खोज, उद्धार तथा राहत सामग्रीहरु आवश्यक देखिन्छन्, सूचनामा उल्लेख छ, ‘संलग्न विवरण अनुसार इच्छुक दातृ निकाय, अन्तर्राष्ट्रिय विकास साझेदारले खोज, उद्धार तथा गैरखाद्य राहत सामग्री र अन्य संघसंस्था, नागरिक समाज, निजी क्षेत्र लगायतले खोज, उद्धार तथा खाद्य तथा गैरखाद्य राहत सामग्री उपलब्ध गराउन सक्नुहुनेछ ।’

यस्तै, अन्य संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रले खोज, उद्धारसँगै खाद्य तथा गैरखाद्य राहत सामग्री सहयोग गर्न सक्नेछन् ।हवाईमार्गबाट पठाइने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदामघरमा बुझाउनु पर्नेछ । स्थलमार्गबाट पठाइने सामग्री नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी, काठमाडौं, मैथली ब्यारेक, बट्टार, नुवाकोट वा जिल्ला प्रशासन कार्यालय, धुन्चे, रसुवामा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सामग्री सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा समेत उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ ।सूचनामा उल्लेख गरिएका सामग्रीबाहेक अन्य सामग्री सहयोग गर्न चाहने दाताले भने पहिले उपलब्ध गराउन चाहेको सामग्रीको विवरण इमेलमा पठाउनु पर्नेछ । प्राधिकरणबाट सामग्री उपलब्ध गराउन सहमति प्राप्त भएपछि मात्र त्यस्ता सामग्री उपलब्ध गराउन सकिने जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म

कागको भाषा निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौं,२१ कार्तीक । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ