अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिएको हो ।नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम अन्य जिल्लाबाट नागरिकता प्राप्त गरी हाल सर्लाहीमा बसोबास गरिरहेका नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको हो।

 

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको सूचनाअनुसार नागरिकता आगलागी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कुनै कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका व्यक्तिले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।गृह मन्त्रालयको २०८३ साल कात्तिक ९ गतेको परिपत्रअनुसार प्रतिलिपिका लागि निवेदन पेस गर्दा नागरिकता प्रमाणपत्र बाहकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीय कृत नागरिकता सूचना प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग हुबहु मिलेमा नागरिकताको प्रतिलिपि जारी गरिनेछ ।

 

तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको नाम, थर, जन्म मिति तथा अन्य विवरण साविकको नागरिकताभन्दा फरक देखिएको अवस्थामा भने प्रक्रिया फरक हुनेछ ।त्यस्तै, पहिलो दृष्टिमै शङ्कास्पद देखिएका नागरिकता प्रमाणपत्रका हकमा प्रतिलिपि लिन चाहने निवेदकलाई सुरुमा नागरिकता प्राप्त गरेको सम्बन्धित जिल्लामै सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।सर्लाही जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आउने सेवाग्राहीको पहिलेदेखि नै अत्यधिक भिडभाड हुने गरेको छ । विशेष गरी विभिन्न सेवा लिन आउने सेवाग्राहीको चापका कारण कार्यालयमा लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था छ ।यस्तो अवस्थामा अब अन्य जिल्लाबाट नागरिकता लिएका तर हाल सर्लाहीमा बसोबास गरिरहेका नागरिकले समेत यहीँबाट प्रतिलिपि लिन सक्ने भएपछि कार्यालयमा सेवाग्राहीको चाप थप बढ्न सक्ने देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म

कागको भाषा निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौं,२१ कार्तीक । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन