बाजुरामा अविरल वर्षा ,अस्तव्यस्त बन्यो सडक

काठमान्डौ ,२१ भदौ । बाजुरा ,२१ भदौ। बाजुरामा हिजो राति भएको अविरल बर्षाले ठुलो क्षति पुर्याएको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको हो ।

सडकखण्डको कारागार,विनोद स्मृति प्रतीक्षालय,सेलागाड, सुवाकाँध लगायत ठाउँमा सडक माथिबाट पहिरो खसेपछि सडक अस्तव्यस्त बनेको हो । बडीमालिका ८ को राप्का,६ को जडाङ्गामासमेत पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछि सवारीसाधनको आवागमन ठप्प भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण पहिरोले मीन बहादुर थापाको भैसी गोठ पहिरोले पुरेको छ । त्यस्तै सोही नगरपालिका–८ गडखेतमा तीन घर पूर्ण रुपमा क्षति भएको वडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष सूर्य किरण वि.क ले जानकारी दिनु भयो ।

यता वीरेखोलामा बाढी आउँदा दुई दर्जन परिवार विस्थापित भएका छन् । रातभरको अविरल बर्षातले झरनामा बाढि आउँदा २२ बढि परिवार विस्थापित भएका छन् । बाढिले मानवीय एवं भौतिक क्षति नभए पनि परिवारहरु विस्थापित भएका छन् ।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताउनु भयो । बाढिका कारण कृषकका धानवाली बगरमा परिणत भएको छन् । बर्षाले सदरमुकाम मार्तडी बजारमा समेत क्षति पुर्याएको हो । बजारको विभिन्न ठाउँका ढलमा पानी जम्मा भई सडक छेदविच्छेद बनेको हो । बर्षाले जिल्लामा बिद्युत सेवा समेत अबरुद्ध बनेको छ । जिल्लामा शनिबार आएको वर्षाका कारण पुर्याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध