जेसीज सप्ताह २०२६

दमक जेसीजले सप्ताह कार्यक्रममा केके गर्यो ?

जेसीज सप्ताहमार्फत दमक जेसीजले युवा नेतृत्व र क्षमता विकाससँगै शिक्षा, सुरक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ।

दमक , २१ भदौ । दमक जेसीजले वर्ष २०२६ को जेसीज सप्ताहअन्तर्गत सामाजिक सेवा, युवा क्षमता विकास र सामुदायिक हितसँग सम्बन्धित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

 

सप्ताहअन्तर्गत विद्यालयका चालक तथा सहचालकलाई लक्षित गरी स्कूल यातायात सुरक्षा जागरूकता तालिम आयोजना गरिएको छ। त्यसैगरी, युवाको वक्तृत्व क्षमता विकासका लागि पब्लिक स्पिकिङ तालिम सामुदायिक विद्यालयका विद्यार्थीका लागि दुर्घटना बीमा, तथा समुदायको अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले पब्लिक लाइब्रेरी निर्माणको काम अघि बढाइएको छ।

 

जेसीज सप्ताहकै क्रममा ओपन ब्याडमिन्टन टुर्नामेन्ट आयोजना गर्नुका साथै आवश्यक ठाउँमा रेफ्रिजरेटर हस्तान्तरण, पिउने पानी तथा मोही वितरण र दमकमा आयोजित श्रीकृष्ण रथयात्रामा स्वयंसेवक परिचालन समेत गरिएको दमक जेसीजका कानुनी सल्लाहकार  विशाल अधिकारीले जानकारी दिनुभयो।

 

सप्ताहको अन्तिम दिन विद्यालय यातायात सुरक्षा सम्बन्धी तालिमसँगै सप्ताह समापन कार्यक्रम आयोजना गरिएको हो।

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईं, दमक जेसीज बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गन्जबहादुर दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

 

कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरू सञ्जीव बराल, कमल कटुवाल, नरेन्द्र बराल र सुयोग खरेल तथा सिनेटर राजकुमार भट्टराई, सीता कार्की र निवर्तमान अध्यक्ष सहदेव भट्टराईको समेत उपस्थिति रहेको थियो।

 

जेसीज सप्ताहमार्फत दमक जेसीजले युवा नेतृत्व र क्षमता विकाससँगै शिक्षा, सुरक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध