विपद प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत कार्य तीव्र

हालसम्म हवाई साधन मार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार

काठमाडौं ,२२ भदौ। नेपाली सेनाले बाढीपहिरो तथा अन्य विपदबाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आइतबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ ।नेपाली सेनाका अनुसार हालसम्म हवाई साधन मार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिएको छ ।

 

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा पुल निर्माणको काम पनि तीव्र पारिएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई निरन्तरता दिइरहेको छ ।यसैबीच, रसुवाका विभिन्न जलविद्युत आयोजनामा बेपत्ता तथा प्रभावितको खोजी कार्य जारी छ । रसुवागढी जलविद्युत आयोजनामाComposite Quick Reaction Teamतथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ ।

 

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाको टोलीले उद्धार उपकरणसहित निरन्तर खोज तथा उद्धार गरिरहेको छ । त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा Audit-2 बाट प्रवेश गरेको टोली Audit-2 बाट बाहिरिएको छ । Excavator टनेलबाट  लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको र हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध