देशभर बाढीको जोखिम बढ्यो , प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं,८ असोज । लगातारको वर्षासँगै देशभरका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन कोशी, नारायणी, कर्णाली, महाकालीसहितका प्रमुख नदी तथा तिनका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार अहिले अधिकांश प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि असोज १२ गतेसम्म क्रमशः बढ्ने आकलन गरिएको छ।
कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीसँगै कन्काई र कमला नदीमा बिहीबारदेखि नै जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।

नारायणी, कर्णाली र महाकाली जलाधारका नदीमा बिहीबार सामान्य वृद्धि भए पनि असोज ९ देखि १२ गतेसम्म बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, ठूली भेरी, भेरी र पश्चिम सेतीलगायत नदीमा जोखिम बढ्नेछ।

यस्तै बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा पनि भोलिदेखि लगातार चार दिन जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।

ठूला नदी मात्रै होइन, साना खोलामा पनि आकस्मिक बाढीको जोखिम

महाशाखाका अनुसार जोखिम ठूला नदीमा मात्र सीमित छैन। देशभरका साना नदी तथा खोलामा पनि बिहीबारदेखि नै बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
कोशी प्रदेशका ताप्लेजुङ, इलाम, झापा, मोरङ र सुनसरीदेखि मधेसका सप्तरी, सिरहा र पर्सासम्मका क्षेत्रमा जोखिम औँल्याइएको छ।

बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनसहितका जिल्लामा पनि साना नदी तथा खोलामा बाढीको सम्भावना छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा समेत जोखिम रहेको महाशाखाले जनाएको छ।
नदीको बहाव बढ्ने क्रमसँगै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदी किनार तथा खोलामा नजान र स्थानीय प्रशासन तथा पूर्वसूचनालाई बेवास्ता नगर्न आग्रह गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले

ताप्लेजुङको दोभान बजारमा आगलागी , आगलागीको कारण र क्षतिको विवरण भने आउन बाकी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा

ओडिसामा व्यापक असर ,७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी

काठमाडौँ,८ असोज। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको

देशभर बाढीको जोखिम बढ्यो , प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं,८ असोज । लगातारको वर्षासँगै देशभरका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन कोशी, नारायणी, कर्णाली, महाकालीसहितका प्रमुख नदी

गति निकै कम भइसकेकाले ठूलो दुर्घटना हुन पाएन

डोल्पा,८ असोज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गरेर पार्किङतर्फ जाने क्रममा पछाडिको दाहिने भागको एउटा चक्का छुट्टिएको छ। बिहीबार बिहान नेपालगन्जबाट ७

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई