अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्।

इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै ‘स्वावलम्बन कर्जा’ डिजिटल सुविधा सुरु गरेका हुन्।
यो कर्जाअन्तर्गत १० हजारदेखि २ लाख रुपैयाँसम्म रकम लिन सकिनेछ। कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत तोकिएको छ।

कर्जा लिनका लागि इसेवा खाता kyc प्रमाणित भएको हुनुपर्नेछ। साथै, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गरेको र तलब वा व्यवसायबाट नियमित आम्दानी भएको हुनुपर्नेछ।

योग्य व्यक्तिले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरेर आवेदन दिन सक्नेछन्।

डिजिटल प्रक्रियाबाट कर्जा आवेदन दिन सकिने भएकाले बैंकसम्म पुग्ने र कागजी प्रक्रिया पूरा गर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिमार्फत अपाङ्गता भएका व्यक्तिको कर्जामा पहुँच सहज बनाउन सुविधा ल्याइएको बताउनु भयो। सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले यस सहकार्यले अपाङ्गता भएका व्यक्तिलाई औपचारिक कर्जाको पहुँच विस्तार गर्न सहयोग पुग्ने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं ,८ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय

कांग्रेसमा देउवा समूहको समानान्तर महाधिवेशन तयारी, ५५ जिल्लामा संयोजक तोकिए

काठमाडौं,८ असोज । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको