कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा

मुस्ताङ ,९ असोज। मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

लोमान्थाङदेखि कोरला नाकासम्मका भूभागमा हिमपात हुँदा सीमावर्ती क्षेत्रको जनजीवन, आवतजावत तथा व्यापारिक गतिविधिमा असर पर्नसक्ने देखिएको छ । कोरला नाका हुँदै सञ्चालन भइरहेको नेपाल–चीन व्यापार तथा मालवाहक कन्टेनर आवागमनमा मौसम प्रतिकूल बने थप समस्या आउन सक्नेछ ।

हिमपातसँगै चिसो बढ्दा मालवाहक कन्टेनर तथा अन्य सवारीसाधन सञ्चालनमा समेत समस्या आउन सक्ने एक कन्टेनर चालकले बताए । उनका अनुसार अत्यधिक चिसोका कारण गाडी स्टार्ट नहुनेलगायत समस्या आउन सक्ने सम्भावना रहन्छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्लाको लोमान्थाङदेखि घाँसासम्म तथा मुक्तिनाथदेखि तल्लो मुस्ताङका क्षेत्रमा भने वर्षा भइरहेको छ । उनका अनुसार हिमपातका कारण जिल्लामा हालसम्म कुनै अप्रिय घटना भएको छैन ।

यसैबीच, स्थानीय बासिन्दाले हिमपात र वर्षालाई हिउँद तथा चिसो मौसमको सुरुवातको संकेतका रूपमा लिने गरेका छन् ।

घरपझोङ गाउँपालिका–५ का ८३ वर्षीय कालबहादुर थकालीका अनुसार हिउँदको आगमनको संकेत गर्न हिमाली क्षेत्रमा प्रत्येक वर्ष यस समयमा पर्ने पानी तथा हिमपातलाई स्थानीय भाषामा ‘तन्जे नन्जे’ भन्ने गरिन्छ । कहिलेकाहिं तन्जे नन्जेले उग्ररुप पनि लिनसक्छ ।

थकालीका अनुसार पहिले क्यालेन्डरको प्रचलन नहुँदा मुस्ताङका स्थानीय बासिन्दाले मौसम परिवर्तन, वर्षा र हिमपातका आधारमा ऋतु तथा समयको अनुमान गर्ने गर्थे । अहिले पनि यस्ता प्राकृतिक संकेतलाई हिउँद र चिसो सुरु हुने संकेतका रूपमा बुझ्ने गरिएको उनले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५/२ मिलिमिटर मापन

काठमाडौं ,९ असोज। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ ।   नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको

लगातारको वर्षा र पहिरोले राजधानीको भान्सा प्रभावित : तरकारीको भाउ आकासियो

९ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ ।लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको

वर्षाले थलियो देश!: विभिन्न राजमार्ग बन्द, वर्षासँगै के छ देशभरको अवस्था

असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ। वर्षासँगै पहिरो, बाढी र सडक भासिँदा विभिन्न राजमार्गको यातायात प्रभावित भएको छ। कहीं सडक पूर्ण

आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं,९ असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि नेपालका धेरैजसो भूभागमा वर्षा भइरहेको छ भने यो प्रणाली क्रमिक रूपमा पश्चिमतर्फ सर्दै

पुनर्स्थापनाबिना डोजर चलाइएको विरोधमा जनकपुरधाममा सडक प्रदर्शन

जनकपुर , असोज ९ । जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौँ ,९ असोज। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको