नेपाली क्रिकेट टोलीको विजयी सुरुआत, शनिबार जापानसँग खेल्ने

काठमाडौं ,९ असोज। नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ ।

शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका सन्दीप जोराले ३४, रोहितकुमार पौडेलले अविजित ३३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

अफगानिस्तानका फरिदुन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका फैसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रनले ३०–३० तथा नाङ्ग्याल खरोटीले अविजित १७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले चार र ललितनारायण राजवंशीले तीन विकेट लिए । सुखद सुरुआत गरेको नेपालले समूह ‘ए’ मा दुई अंक जोडेको छ । पराजित अफगानिस्नाको पनि दुई खेलबाट दुई अंक नै छ ।

अब नेपालले शनिबार जापानको सामना गर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हनुमन्ते खोलामा जलसतह उच्च : बस्ती क्षेत्रमा जोखिम, सतर्क रहन अनुरोध

काठमाडौं , असोज ९। भक्तपुरको हनुमन्ते खोलामा जल सतह सतर्कता तह पार गरेको छ।लगातारको वर्षाका कारण हनुमन्ते खोलामा पानीको बहाव बढेसँगै जल सतह सतर्कता तह

वर्षा र हुस्सुका कारण हवाई सेवा अवरुद्ध, नियमित उडान पनि ढिला

काठमाडौं , असोज ९। खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय

पूर्वाधार मन्त्री र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता

काठमाडौं ,९ असोज। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री लम्सालले रसुवामा

महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

हेटौँडा,९ असोज । अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने

भोटेकोशी बाढी ,ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता

भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । बाढीमा परी ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता भएका छन् । सयौँको