काठमाडौं , असोज ९। खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भने उडानमा समस्या छैन्। नियमित भएका उडान पनि डिले भएका कारण यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति
विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित








