बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि अवरुद्ध, भोलि अपराह्नसम्म खुल्न सक्ने

काभ्रे , असोज १२ । लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय, भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ । मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताउनुभयो । अहिलेको यो अवरोधले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ । २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पु¥याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । देशको पूर्वी तथा मध्यक्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण जीवनमार्गका रूपमा रहेको बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो । यसले राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार तथा दैनिक जनजीवन जोड्दै आएको छ । त्यसैले राजमार्गमा हुने अवरोधको प्रत्यक्ष असर यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार व्यवसायमा पर्ने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौँ, १२ असोज ।  रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत्

नारायणीको बाढीले बगाएर पुलमा अड्किएको ‘राइनो क्रुज’लाई तीन वटा क्रेनले निकालिँदै

काठमाडौं , १२ असोज। नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ । सकभर क्रुजलाई क्रेन लगाएर

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं , असोज १२। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार

चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीहरूको प्रतिबद्धता

काठमाडौं , असोज १२। दसैँ, तिहार तथा छठजस्ता मुख्य चाडपर्वका बेला सार्वजनिक सवारीको भाडा नबढाउने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय

एसएसपी खड्कालाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र

काठमान्डौ ,१२ असोज ।राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ। आयोगले सोमबार प्रहरी

बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि अवरुद्ध, भोलि अपराह्नसम्म खुल्न सक्ने

काभ्रे , असोज १२ । लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ ।