विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ।

विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते प्रतियोगिता सञ्चालन हुने भएको हो।

देशभरका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका लिग चरणका खेल ‘सुपर ६’ ढाँचामा हुनेछन्। प्रत्येक खेल ६ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल खेल १० ओभरका हुने आयोजकले जनाएको छ।

आयोजक संस्थाका विवेक दाहालले प्रतियोगिता क्रिकेटमा मात्र सीमित नरही कर्पोरेट क्षेत्रका नेतृत्व, उद्यमी तथा व्यावसायिक व्यक्तित्वबीच सम्बन्ध विस्तार गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘यो प्रतियोगिता केवल क्रिकेट खेलका लागि मात्र नभई देशभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।’

प्रतियोगितालाई खेलसँगै मनोरञ्जन र पर्यटनसँग जोड्ने तयारीसमेत गरिएको छ। प्रतियोगिता अवधिभर मैदान परिसरमा विभिन्न कार्यक्रम, सांगीतिक प्रस्तुति तथा स्थानीय र राष्ट्रिय परिकारका फुड स्टलहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताले कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

देशभरका कर्पोरेट क्षेत्रलाई खेलकुदमार्फत एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया चाँडै खुला गरिने आयोजकले जानकारी दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको