पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीले दसैँको झझल्को यसरी देखाए

 

 

दमक, १५ असोज । दमकमा होटल म्यानेजमेन्ट अध्ययन गराउँदै आएको पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीहरूले बिहीबार दसैँ विशेष कार्यक्रम आयोजना गरेका छन्।

 

दसैँको भाव झल्काउने गरी विद्यार्थीहरूले चङ्गा बनाएर सजाएका थिए। कक्षाभित्रै पिङसमेत हालिएको थियो भने नौरथामा गरिने दुर्गा पूजाको धामसमेत निर्माण गरिएको थियो।

 

केराको थम्बा गाडेर, जमरा उमारेर र दसैँमा अग्रजबाट टीका लगाउँदाको झल्को दिने गरी विद्यार्थीहरूले कक्षाकोठालाई सजाएका थिए। त्यसैगरी, दसैँमा खाने विभिन्न परिकारका आफ्ना पाककला पनि उनीहरूले प्रदर्शन गरेका थिए।

 

कार्यक्रममा उपस्थित प्राध्यापक तथा अन्य अतिथिलाई विभिन्न परिकार खुवाउँदै विद्यार्थीहरूले आफ्नो प्रोजेक्ट वर्क पूरा गरेको कलेजका अध्यक्ष बलभद्र कोइरालाले जानकारी दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि

काठमाडौं , असोज १५। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार

नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै नेपा एपमा १० भन्दा बढी नयाँ फिचर थपियो

काठमाडौं , असोज १५। नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप

चाडपर्व लक्षित गर्दै वेस्टर्न युनियनको ‘यो दशैँ म छु सँगै’ ग्राहक योजना सार्वजनिक

काठमाडौं , असोज १५। वेस्टर्न युनियनले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘यो दशैँ म छु सँगै’ नामक नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ

काठमाडौं क्लाइमेट विक २०२६ शुक्रबारदेखि सुरु हुँदै, परराष्ट्रमन्त्री खनालले उद्घाटन गर्ने

काठमाडौं , असोज १५। जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित काठमाडौं क्लाइमेट विक २०२६ आयोजना हुने भएको छ ।‘जलवायु

भैरहवा नाकाबाट साढे २ करोडको अवैध सुनसहित काठमाडौंकी महिला पक्राउ

भैरहवा , असोज १५। भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाको साथबाट सशस्त्र प्रहरीले एक किलो सुन बरामद गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट

नेपालीको नाममा फर्म, पसलमा चिनियाँ मालिक : विराटनगरमा फेरि अर्को अवैध व्यापार फेला

विराटनगर, असोज १५ । नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरेर कारोबार भने चिनियाँ नागरिकले गरिरहेको घटना विराटनगरमा लगातार फेला परिरहेको छ।विराटनगर महानगरपालिका–२ मा रहेको