काठमाडौं क्लाइमेट विक २०२६ शुक्रबारदेखि सुरु हुँदै, परराष्ट्रमन्त्री खनालले उद्घाटन गर्ने

काठमाडौं , असोज १५। जलवायु न्याय, स्थानीय पहल र विश्वव्यापी जलवायु कूटनीतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित काठमाडौं क्लाइमेट विक २०२६ आयोजना हुने भएको छ ।‘जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय : स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रमको उद्घाटन शुक्रबार अर्थात् अक्टोबर २ मा परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने आयोजकले जनाएको छ ।अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने कार्यक्रममा नीति निर्माता, सांसद, राजनीतिक दलका प्रतिनिधि, जलवायु विज्ञ तथा अभियन्ता, स्थानीय तथा आदिवासी समुदाय, सीमान्तकृत तथा जलवायु प्रभावित समुदाय, युवा, अनुसन्धानकर्ता, नागरिक समाज, निजी क्षेत्र, वित्तीय संस्था, सञ्चारकर्मी तथा विकास साझेदारहरूको सहभागिता रहनेछ ।कार्यक्रमपछि अक्टोबर ५ मा सार्वजनिक फिल्म प्रदर्शनसमेत आयोजना गरिनेछ ।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर प्रभाव भोगिरहेको आयोजकले जनाएको छ । बढ्दो तापक्रम, हिमनदी पग्लने क्रम, वर्षाको बदलिँदो स्वरूप, आकस्मिक बाढी तथा लामो खडेरीले पूर्वाधार, जीविकोपार्जन, कृषि र खाद्य सुरक्षामा थप दबाब सिर्जना गरिरहेको जनाइएको छ ।पछिल्ला जलवायुजन्य विपद्, विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्ले जलवायु जोखिम छोटो समयमै राष्ट्रिय संकटमा परिणत हुन सक्ने देखाएको आयोजकको भनाइ छ । कार्यक्रममा जलवायु वित्तमा देखिएका अवरोध, तथ्याङ्क तथा अनुसन्धानको अभाव र जलवायु जोखिममा रहेका समुदायसम्म पर्याप्त स्रोत तथा सहयोग पुग्न नसक्ने संरचनात्मक चुनौतीबारे समेत छलफल हुनेछ ।

काठमाडौं क्लाइमेट विकको मूल अवधारणा स्थानीय समुदायका अनुभव र भुइँतहमा भइरहेका पहललाई राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्नु रहेको आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने विभिन्न संवाद तथा सत्रमार्फत स्थानीय अनुभवले राष्ट्रिय जलवायु प्राथमिकता तथा संयुक्त राष्ट्रसंघीय महासभादेखि कोप ३१ सम्म नेपालको अन्तर्राष्ट्रिय जलवायु कूटनीतिलाई कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा छलफल हुनेछ ।कार्यक्रममा जलवायु न्याय, समावेशिता, जवाफदेहिता तथा क्षति र नोक्सानीलाई व्यवहारिक प्रतिबद्धतासँग जोड्ने विषयलाई प्राथमिकता दिइनेछ ।अक्टोबर ३ मा १७ वटा समानान्तर सत्रमार्फत पाँच प्रमुख विषयमा छलफल हुने आयोजकले जनाएको छ । यी सत्रमा युवाको भूमिका, आदिवासी तथा सीमान्तकृत समुदाय, जलवायु वित्त, जैविक कृषि, चक्रीय अर्थतन्त्र, तथ्याङ्क, अनुसन्धान तथा कृत्रिम बुद्धिमत्ता, जलवायु उत्थानशील पूर्वाधार, निजी जलवायु वित्त र निजी क्षेत्रका नवप्रवर्तनलगायत विषयमा छलफल हुनेछ ।

हालैका आकस्मिक बाढी तथा अन्य विपद्पछि नेपालले जलवायु उत्थानशीलता कसरी सुदृढ गर्न सक्छ भन्ने विषयमा पनि छलफल गरिनेछ ।अक्टोबर ४ मा अग्रपंक्तिका समुदाय तथा कार्यान्वयनका अनुभवलाई केन्द्रमा राखिनेछ । युवाको नेतृत्वमा जलवायु न्याय र रसुवा–भोटेकोशी बाढी विषयमा विशेष सत्र आयोजना हुनेछ भने सांसदहरूको सहभागितामा नेपालमा जलवायु न्यायसम्बन्धी संवाद सञ्चालन हुनेछ ।काठमाडौं क्लाइमेट विकले सरकार तथा नीति निर्माता, स्थानीय तथा सीमान्तकृत समुदाय, आदिवासी जनजाति, वित्तीय संस्था तथा लगानीकर्ता, अनुसन्धानकर्ता, प्रविधिविद्, सञ्चारमाध्यम, युवा, नागरिक समाज तथा कूटनीतिक र विकास साझेदारलाई एउटै मञ्चमा ल्याउने प्रयास गर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु