मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन
पूर्वी नेपालमा भारी वर्षा भएको छ।

पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन भएको छ।

अनारमनी बिर्तामोडमा ३३.२ मिलिमिटर, दमकमा ३५।६ मिलिमिटर वर्षा भएको छ। बागमती र गण्डकी विभिन्न भूभागहरूमा हल्का वर्षा मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो।

मनसुन बाहिरिने क्रम सुरू भए पनि किन पानी पर्‍यो—

पहिलो कारण कोशीबाट अझै मनसुन बाहिरिएको छैन। त्यसको प्रभाव कायमै छ।

सँगै पूर्वी नेपालमा विशेषगरी कोशी प्रदेश आसपास आसामतिर रहेको न्यूनचापीय प्रणाली र त्यसको वरिपरिको वायुमण्डलीय प्रभावका कारण वर्षा भएको हो।

‘नेपाल नजिकका ठाउँमा न्यूनचापीय प्रणालीको प्रभावले पूर्वी क्षेत्रमा एक–दुई ठाउँमा भारी वर्षा भएको हो,’ उनले भनिन्।

पश्चिम नेपालमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन्।

उनका अनुसार मनसुनी वायु पूर्ण रूपमा देशभरबाट बाहिरिनसकेकाले त्यसको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

दिउँसो र साँझपख बादल लाग्ने तथा केही समय वर्षा हुने क्रम अझै रहने उनले बताइन्।

‘पानी पार्ने प्रणाली भनेको मनसुनी वायु मात्रै हुँदैन। पश्चिमी वायुको प्रभाव पनि हुन्छ। मनसुन पनि पूरै देशभरबाट गएको छैन,’ महर्जनले भनिन्, ‘त्यसको प्रभावले पश्चिममा पनि वर्षाको सम्भावना रहन्छ।’

अबको एक–दुई दिन लगातारको झरी भने नहुने तर दिउँसोदेखि साँझसम्म केही समय वर्षा हुन सक्ने उनले बताइन्।

केही स्थानमा स्थानीय वायु र स्थानीय प्रणालीका कारण आइसोलेटेड रूपमा भारी वर्षा हुन सक्ने भए पनि ठ्याक्कै कुन ठाउँमा भारी वर्षा हुन्छ भनेर अहिले नै निर्धारण गर्न कठिन रहेको महर्जनको भनाइ छ।

‘सानासाना स्थानीय प्रणाली र हावाको प्रभावले आइसोलेटेड भारी वर्षा गराउन सक्छ। तर अहिले ठ्याक्कै यही ठाउँमा भारी वर्षा हुन्छ भनेर भन्न गाह्रो हुन्छ,’ उनले भनिन्।

काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन्। उनका अनुसार आजको तुलनामा भोलि र पर्सि काठमाडौंमा वर्षाको सम्भावना केही बढ्ने देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको