कांग्रेस महाधिवेशन

आजदेखि कांग्रेसमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

काठमाडौँ ,१९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदै छ । आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो । खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । केन्द्रीय समितिको बैठकका लागि कांग्रेसका नेताहरू खुल्लामञ्चमा आउन थालेका छन् । चिया नास्ता र खाजा पछि नेताहरू खुल्लामञ्चमा आउन थालेका हुन् ।

 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछिमात्र बन्द सत्र सुरु गर्ने कार्यक्रम रहेको छ ।उहाँले भन्नु भयो, ‘पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ सही अनुसार नै बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्द सत्र बस्ने छ ।’उहाँका अनुसार बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।

 

बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।महाधिवेशन निर्वाचन समितिले साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्ने छ । प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढाएको छ ।

मंगलबार उम्मेदवारी मनोनयन

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुनेछ ।उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाउँदै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भक्तपुरमा आगलागी , दमकलद्वारा आगो नियन्त्रण

भक्तपुर,१९ असोज । भक्तपुर  सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज

विराटनगर आँखा अस्पतालमा सेयर विवाद, भुक्तानीको विषयमा दाबी–प्रतिदाबी

विराटनगर,१९ असोज। विराटनगर महानगरपालिका–१४ रानीस्थित विराटनगर आँखा अस्पतालमा सेयर खरिद–बिक्रीको रकमलाई लिएर अस्पताल सञ्चालक र पूर्वसेयरधनीबीच विवाद चर्किएको छ । अस्पताल सञ्चालक पक्षले पूर्वसेयरधनीलाई सेयरबापतको

कांग्रेस बैठकमा गगन थापाको २९ बुँदे राजनीतिक प्रतिवेदन

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नु भएको छ। आगामी चार वर्षका लागि

बिर्तामोडमा भेलागुडी विश्रान्तिघाट सञ्चालनमा

झापा, १९ असोज । झापाको बिर्तामोड ८ मा निर्माण भएको भेलागुडी विश्रान्तिघाट देउनिया संचालनमा आएको छ । सो विश्रान्तिघाटमा पहिलो पटक बिर्तामोड ८ की ६२

१० वर्षअघि घरबाट हराएका बालक नयाँ दिल्लीमा फेला

काठमाडौँ,१९ असोज। १० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका