युवालाई कामदार होइन, उद्यमशीलताका साझेदार बनाउने कांग्रेसको नीति

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार बनाउने नीति अघि सारेको छ ।कांग्रेस सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ राजनीतिक प्रस्तावमा पछिल्लो समय नेपालको प्रमुख आर्थिक चुनौतीका रूपमा युवा पलायन, कमजोर उत्पादकत्व र आयातनिर्भरतालाई औँल्याउँदै आर्थिक विकासको प्राथमिकता बदल्नुपर्ने प्रस्ताव गरिएको छ ।

 

प्रस्तावमा बीपी कोइरालाको समयको ‘हलो जोतिरहेको किसान’को प्रतीकलाई अहिले ‘हातमा पासपोर्ट बोकेर देशभित्रै र विदेशमा अवसर खोजिरहेको युवा’को यथार्थसँग जोडिएको छ । युवालाई आर्थिक विकासको नीतिको केन्द्रमा राख्दै उनीहरूलाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार बनाउने कांग्रेसको प्रस्ताव छ । कांग्रेसले आर्थिक नीतिको सफलता कुल गार्हस्थ्य उत्पादन बढेको तथ्यांकबाट मात्र नाप्न नहुने जनाएको छ । नागरिकको जीवनस्तरमा आएको परिवर्तन, सिर्जना भएको मर्यादित रोजगारी र देशभित्रै विस्तार भएको आर्थिक अवसरलाई आर्थिक नीतिको मुख्य परिणामका रूपमा लिनुपर्ने प्रस्तावमा उल्लेख छ ।

 

यसका लागि उत्पादन, उद्यम र रोजगारी विस्तारलाई आर्थिक नीतिको केन्द्रमा राख्ने कांग्रेसको प्रस्ताव छ । विशेषगरी युवालाई उद्यमशीलतामा जोड्दै निजी क्षेत्रलाई आर्थिक समुन्नतिको मुख्य इन्जिन बनाउने अवधारणा अघि सारिएको छ ।

‘युवा श्रम बजारका कामदार मात्र होइनन्’

कांग्रेसले युवालाई केवल श्रम बजारका लागि आवश्यक जनशक्तिका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने जनाएको छ । युवालाई नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाको साझेदार बनाउने प्रस्तावमा उल्लेख छ ।त्यसका लागि निजी क्षेत्रलाई लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण, युवालाई उद्यमको अवसर तथा पछाडि परेका समुदायलाई उत्पादन र सम्पत्ति सिर्जनामा सहभागी हुने अवसर उपलब्ध गराउनुपर्ने कांग्रेसको दृष्टिकोण छ ।कांग्रेसको प्रस्तावले युवालाई देशमै रोक्न राज्यले प्रत्यक्ष रोजगारी बाँड्नेभन्दा उनीहरूले आफ्नै क्षमता प्रयोग गरेर अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने संकेत गरेको छ ।

 

प्रस्तावअनुसार राज्यको भूमिका प्रत्यक्ष व्यापार वा व्यवसाय सञ्चालन गर्नेभन्दा प्रभावकारी नियमन, आधुनिक पूर्वाधार निर्माण, गुणस्तरीय सार्वजनिक सेवा र समान अवसर सुनिश्चित गर्नेमा केन्द्रित हुनुपर्छ ।कांग्रेसले यही आधारमा उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्रलाई आफ्नो आर्थिक मार्गचित्रको तीन आधारका रूपमा अघि सारेको छ । उदार अर्थतन्त्रले निजी क्षेत्र र लगानीलाई अघि बढाउने, उत्पादनमुखी अर्थतन्त्रले आन्तरिक उत्पादन र रोजगारी बढाउने तथा न्यायमूलक अर्थतन्त्रले आर्थिक अवसरबाट पछाडि परेका समूहलाई उत्पादन र सम्पत्ति सिर्जनामा जोड्ने प्रस्तावमा उल्लेख छ ।यसरी कांग्रेसले आर्थिक नीतिलाई वैदेशिक रोजगारीबाट आउने आयमा निर्भर रहने अवस्थाबाट उत्पादन, उद्यम र रोजगारी सिर्जना गर्ने अर्थतन्त्रतर्फ लैजाने वैचारिक दिशा अघि सारेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन

नयाँ पञ्च ईभी , चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको रोजाई पनि

काठमाडौं,१९ असोज । नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ । दशैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष

निगमको मुख्य समस्या महँगो ब्याज, सरकारबाटै उठ्न बाँकी १३ करोड ७५ लाख

काठमान्डौ,१९ असोज।नेपाल वायुसेवा निगमले महँगो ब्याजदर र ठूलो ऋण दायित्वका कारण वित्तीय संकट झेलिरहेको जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सaम्बन्ध तथा पर्यटन समितिको बैठकमा निमित्त महाप्रबन्धक