सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट आफ्नो प्रतिबद्धताको परीक्षण हुने बताउनु भएको छ ।

 

‘अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ । मैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा कसरी प्रस्तुत हुन्छु र न्यायको पक्षमा कसरी उभिन्छु भन्ने कुराले मेरो परीक्षण हुनेछ,’ उहाँले भन्नु भयो ।कठिन समयमा आफूले कस्तो निर्णय लिन्छु र अप्ठ्यारो परिस्थितिमा सत्य तथा न्यायको पक्षमा उभिन सक्छु कि सक्दिनँ भन्ने कुराले नै आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने उहाँको भनाइ थियो ।सभापतिको जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै थापाले यससँग धेरै विषय जोडिएर आउने बताए । उनले सभापतिको पदलाई अहंकारको श्रीपेचका रूपमा नलिएको स्पष्ट पार्नु भयो।

 

‘यो जिम्मेवारीले मलाई नागरिकहरूप्रतिको दायित्व पूरा गर्नका लागि जमिनमै उभ्याएको छ । यसले मलाई अहंकारको श्रीपेच लगाइदिएको होइन,’ उहाँले भन्नु भयो ।थापाले नेपाली कांग्रेससँग लोकतन्त्रको ठूलो विरासत जोडिएको उल्लेख गर्दै उक्त विरासतको संरक्षण गर्नु पनि आफ्नो जिम्मेवारी भएको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य