कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलेआग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज शनिबार जारी गरेको जरुरी सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त जानकारीका आधारमा कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढिरहेको छ।सूचनामा उल्लेख भएअनुसार शनिबार दिउँसो १२ बजे जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको हालको बहाव र जलाशयमा भरिरहेको पानीको अवस्थालाई आधार मान्दा साँझ करिब ४ बजेसम्म जलसतह १५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

 

जलाशयको जलसतह १५२८.५० मिटर पुगेपछि पूर्वसतर्कतास्वरूप पहिलो साइरन चेतावनी बजाउने तथा एसएमएस मार्फत सूचना प्रवाह गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।जलसतह बढ्दै जाँदा बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट मुख्य ड्यामको तल्लो तटीय क्षेत्रअन्तर्गत सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले प्रशासनले नागरिकको सुरक्षाका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

 

जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न, सिस्नेरी खोला र बागमती नदी किनार तथा आसपासका मार्गमा रातिको समयमा आवतजावत नगर्न र नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउने लगायतका गतिविधि नगर्न अनुरोध गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय