गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ।
सरकारले विकट हिमाली क्षेत्रका नागरिकलाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान दिँदै आए पनि त्यसको लाभ सबै बस्तीका नागरिकले पाउन सकेका छैनन्।
सरकारी अनुदानको नुन सिर्दिबास क्षेत्रमै सीमित हुँदा माथिल्लो भेगका नागरिक भने खच्चडबाट सामान ढुवानी गर्नुपर्ने बाध्यतामा छन्। सामागाउँ र साम्दोसम्म नुन पु¥याउन प्रतिकिलो १०० रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको स्थानीय बताउँछन्।
एउटा गम्भीर प्रश्न ? सरकारले दिएको अनुदान वास्तविक उपभोक्तासम्म किन पुग्न सकेन?








