मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।
उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने उनका आमाबुवासँगै नेपालबाट पठाइएको विभागले जनाएको छ ।
विभागका अनुसार उनीहरू मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए ।
पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधि सञ्चालन गरेको आरोप लागेको थियो । सोही आरोपमा अध्यागमन कानुन उल्लंघन गरेको भन्दै विभागले उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो ।








