‘सृजना मझेरी’मा भोजकुमार राईको ‘यात्रा संस्मरण’

पथरी, २७ कार्तिक / सृजना क्षेत्रमा सक्रिय मोरङको पथरी शनिश्चरेस्थित कला साहित्य प्रवद्र्धन समितिको मासिक रूपमा सञ्चालित कार्यक्रम ‘सृजना मझेरी’को दोस्रो शृङ्खलामा भोजकुमार राईको ‘यात्रा संस्मरण’माथि विमर्श हुने भएको छ ।

 

नगरपालिकाको उपसमितिका रुपमा रहेको सो समितिले सृजनात्मक गतिविधि सञ्चालनका क्रममा महिनाको अन्तिम शनिबार ‘सृजना मझेरी’ कार्यक्रम अघि बढाएको हो । जसमा पथरी शनिश्चरे ९ घर भइ विगत २८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै सृजना क्षेत्रमा सक्रिय भोजकुमार राईको तेस्रो कृति ‘यात्रा संस्मरण’माथिको विमर्शलाई केन्द्रित मानेर शनिबार (कार्तिक २८ गते) कार्यक्रम तय गरिएको छ । पथरी शनिश्चरेमा तात्कालिन अवस्थामा सृजना क्षेत्रका उर्जाका रूपमा परिचित राईले पहिलो कृति २०४५ सालमा उपन्यास ‘अधुरो सपना’ प्रकाशित गर्नुभएको थियो । २०५५ मा दोस्रो कृति उपन्यास ‘प्रतिज्ञा’ र पछिल्लो तेस्रो कृति ‘यात्रा संस्मरण’ प्रकाशनमा ल्याउनु भएको छ । फिक्सनका रुपमा उपन्यास र नन्‌फिक्सनका रूपमा यात्रा संस्मरण लेख्नु भएको छ । उहाँले वडा नम्बर ९ स्थित सिंहवाहिनी माविमा ३ वर्ष शिक्षण समेत गर्नुभएको थियो ।

 

कार्यक्रममा लामो समयदेखि साहित्यमा सक्रिय बेलबारीका ईरान राई र पथरी शनिश्चरेका सुमन राईले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुहुनेछ । त्यसकासाथै कविता, गजल, गीतसहितको सृजनात्मक प्रस्तुति रहने समिति अध्यक्ष धनराज राई (अमीर)ले जनाउनु भयो । पञ्चायत माविमा हुने कार्यक्रममा मोरङ र झापाका सर्जकहरुको सहभागिता रहनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

  मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई

छुवाछूतविरुद्धको आन्दोलनमा जेनजी अगुवा मिराज ढुंगानाको ऐक्यबद्धता

काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ। व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं ,२७ कात्तिक। नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

केराबारीको जंगलमा महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र

विद्युतीय माइक्रोको सिट र रुट परमिट निर्णय माथि छानबिन गर्न महासंघको माग

काठमाडौं,२७ कार्तीक । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष