अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

 

मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले तीन दिनसम्म विशेष अनुगमन गरेका हुन्।

 

अस्ट्रेलियन ट्याक्सेसन अफिस (ए टी ओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरू सहभागी संयुक्त टोलीले विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेको थियो। अनुगमनका क्रममा संकलित जानकारीका आधारमा थप अनुसन्धान, लेखापरीक्षण र आवश्यक परे कानुनी कारबाही अघि बढाइने सम्बन्धित निकायले जनाएको छ।

 

समुदायबाट प्राप्त सूचना तथा उजुरीका आधारमा अनुगमनका लागि व्यवसाय छनोट गरिएको बताइएको छ। नियमविपरीत काम भइरहेको जानकारी भए सर्वसाधारणले आफ्नो पहिचान गोप्य राखेर उजुरी दिन सक्ने व्यवस्था पनि छ।

 

नेपाली विद्यार्थीले सुनाए कार्यस्थलका समस्या

 

सरकारी अनुगमनसँगै अस्ट्रेलियामा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले भोगिरहेका समस्याबारे पनि प्रश्न उठेको छ। अध्ययनसँगै खर्च जुटाउन काम गर्ने नेपाली विद्यार्थीसमेत नगदमा काम गर्नुपर्ने, कम पारिश्रमिक पाउने, दुर्व्यवहार सहनुपर्ने र काम गरेको ज्याला नपाउने समस्याबाट प्रभावित हुने गरेका छन्।

 

मेलबर्नमा काम गर्ने नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी स्मारिका राईले नेपाल न्यूज बैंक सँग कुरा गर्दै आफूले काम गर्ने क्रममा दुर्व्यवहार र मानसिक दबाब भोग्नुपरेको बताँउनु भयो। कानुनअनुसार पाउनुपर्नेभन्दा कम पारिश्रमिक दिइएको र काम गरेको अन्तिम समयको तलबसमेत नपाएको उहाँको भनाइ छ।

 

त्यस्तै, सनसाइन कोस्टमा अध्ययनरत नेपाली विद्यार्थी कामना श्रेष्ठले रोजगारी दिने आश्वासनमा आफूलाई एक साता निःशुल्क काम गराइएको अनुभव सुनाँउनु भयो।

 

श्रेष्ठका अनुसार सुरुमा तालिमका रूपमा एक साता काम गर्न भनिएको थियो। त्यसपछि रोजगारी दिने आश्वासन दिइए पनि पछि बुझ्दै जाँदा अन्य विद्यार्थीलाई समेत यस्तै आश्वासन दिएर निःशुल्क काम गराइएको पाइएको उहाँले बताँउनु भयो।

 

विद्यार्थीका यी अनुभवले अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले सामना गर्नुपर्ने समस्यालाई देखाउँछन्। विशेषगरी नयाँ आएका विद्यार्थीलाई कामको अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारदाताको कानुनी दायित्वबारे पर्याप्त जानकारी नहुँदा उनीहरू जोखिममा पर्ने गरेका छन्।

 

नगदमा तलब दिए पनि कानुनी दायित्वबाट उन्मुक्ति हुँदैन

 

अस्ट्रेलियाको श्रम कानुनअनुसार भिसामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले पनि अन्य कामदारसरह न्यूनतम पारिश्रमिक र कार्यस्थलका आधारभूत अधिकार पाउँछन्। नगदमा तलब दिएको अवस्थामा पनि रोजगारदाताले कर, पारिश्रमिकको अभिलेख र सुपरएनुएसनसम्बन्धी दायित्व पूरा गर्नुपर्छ।

 

तालिमका नाममा गराइने सबै काम स्वतः निःशुल्क हुँदैनन्। कामको प्रकृति र परिस्थितिअनुसार कर्मचारीलाई पारिश्रमिक दिनुपर्ने कानुनी व्यवस्था छ।

 

फेयर वर्क ओम्बड्सम्यानका अनुसार सन् २०२५–२६ आर्थिक वर्षमा फास्टफुड, रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा कार्यरत ३ हजार ५३८ कर्मचारीको बक्यौता पारिश्रमिक बापत ५६ लाख अस्ट्रेलियन डलरभन्दा बढी रकम असुल गरिएको थियो।

 

‘अपरेसन रेजोनेन्स’ नाम दिइएको पछिल्लो अभियानले रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा कर्मचारीको पारिश्रमिक, कर र अवकाश बचतसम्बन्धी नियम पालना भए–नभएको विषयलाई पुनः चर्चामा ल्याएको छ।

 

अनुगमन गरिएका व्यवसायमाथिको अनुसन्धान जारी रहेकाले थप विवरण सार्वजनिक हुन बाँकी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

  मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई

छुवाछूतविरुद्धको आन्दोलनमा जेनजी अगुवा मिराज ढुंगानाको ऐक्यबद्धता

काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ। व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं ,२७ कात्तिक। नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

केराबारीको जंगलमा महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र

विद्युतीय माइक्रोको सिट र रुट परमिट निर्णय माथि छानबिन गर्न महासंघको माग

काठमाडौं,२७ कार्तीक । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष