डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

काठमाडौं,२७ कात्तिक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किनु भएको छ ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा नेपालले सक्रिय र महत्त्वपूर्ण सहभागिता जनाउनु भएको छ।

उहाँले करिब तीन हजार प्रतिनिधि सहभागी सम्मेलनमा आफूले नेपालको प्रतिनिधिमण्डल प्रमुखका रूपमा नीतिगत वक्तव्य प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आईटीयूको प्लेनिपोटेन्सियरी सम्मेलनमा प्रत्येक सदस्य राष्ट्रले आफ्नो देशको आधिकारिक नीतिगत वक्तव्य प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार नेपालले पनि दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्राथमिकता र भावी नीतिगत दिशासहितको वक्तव्य सम्मेलनमा पेस गरेको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको तर्फबाट पोलिसी स्टेटमेन्ट त्यहाँ सबमिट पनि गर्यौं । त्यो एकदमै ठूलो गदरिङ झन्डै ३ हजार मान्छेहरूको सहभागिता भएको कार्यक्रममा नेपालको तर्फबाट हेड अफ डेलिगेसनको रूपमा मैले त्यो स्टेटमेन्ट प्रस्तुत गरेँ । त्यसको बारेमा छलफल भएर यो कन्फरेन्स सकिँदासम्म एउटा यसले दिशा निर्देश गर्ने अपेक्षा हुन्छ । यो २०२८ देखि २०३१ सम्मको लागि एउटा नयाँ पोलिसी डिरेक्सन र फान्नान्सियल डिरेक्सन यो सम्मेलनले दिने अपेक्षा गरिन्छ । त्यो प्रक्रियामा अगाडि बढेको छ ।’

सम्मेलनले सन् २०२८ देखि २०३१ सम्मका लागि आईटीयूको नयाँ नीतिगत तथा वित्तीय दिशा तय गर्ने अपेक्षा गरिएको मन्त्री तिमिल्सिनाले बताउनु भयो । प्रस्तुत नीतिगत वक्तव्यमा छलफल गर्दै सम्मेलनले आगामी चार वर्षका लागि दूरसञ्चार क्षेत्रको विश्वव्यापी प्राथमिकता र कार्यदिशा निर्धारण गर्ने उहाँले बताउनु भयो ।

सम्मेलनमा नीतिगत छलफलसँगै उच्चस्तरीय नेतृत्व चयनको निर्वाचन प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो । आईटीयूको महासचिवमा यसअघिकै उम्मेदवार निर्वाचित भइसकेको र उपमहासचिवको निर्वाचन प्रक्रिया भने टुङ्गिन नसकेपछि जारी रहेको उहाँले बताउनुभयो । आगामी केही दिनमा संस्थाका विभिन्न पदको निर्वाचन प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ ।

मन्त्री तिमिल्सिनाले नेपालजस्तो विकासशील तथा सीमित स्रोतसाधन भएको मुलुकका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संघको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँका अनुसार नेपालसँग कृत्रिम बुद्धिमत्ता (एआई), कम्प्युटिङ तथा अत्याधुनिक प्रविधिको विकासका लागि पर्याप्त प्राविधिक क्षमता र वित्तीय स्रोत छैन । तर स्रोतसाधनको सीमितताका कारण नेपाली नागरिक नयाँ प्रविधिको विकासबाट प्राप्त हुने अवसर र लाभबाट वञ्चित हुन नहुने उहाँको भनाई छ ।

उहाँले विकासशील तथा अल्पविकसित राष्ट्रलाई प्रविधिमा पहुँच विस्तार गर्न र डिजिटल विभाजन अन्त्य गर्न आईटीयूजस्ता अन्तर्राष्ट्रिय संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

  मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई

छुवाछूतविरुद्धको आन्दोलनमा जेनजी अगुवा मिराज ढुंगानाको ऐक्यबद्धता

काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ। व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं ,२७ कात्तिक। नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

केराबारीको जंगलमा महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र

विद्युतीय माइक्रोको सिट र रुट परमिट निर्णय माथि छानबिन गर्न महासंघको माग

काठमाडौं,२७ कार्तीक । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष