छिट्टामा झल्किएको धार्मिक सहिष्णुता

काठमाडौं,२८ कार्तीक । छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठमा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् ।छठ पर्वमा पूजाका सामग्री तथा अघ्र्यका सामान ओसार्न प्रयोग गरिने बाँसबाट बनेको ‘छिट्टा’ले धार्मिक आस्थासँगै सामाजिक सदभाव र सहअस्तित्वको सन्देश पनि बोकेको छ ।

 

विशेषगरी मधेसमा डोम समुदायले बाँसबाट छिट्टा, ढकिया, नाङ्लोलगायत पूजाका सामग्री बनाउँदै आएका छन् । मुस्लिम समुदायका व्यापारीले यस्ता सामग्री बजारसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् भने हिन्दू समुदायका व्रतालुले छठ पूजामा तिनै सामग्री प्रयोग गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् ।छठ पर्वमा बाँसबाट बनेका सामग्रीको विशेष महत्व हुन्छ । छिट्टामा फलफूल, प्रसाद तथा पूजाका सामग्री राखेर घाटसम्म पु¥याउने गरिन्छ । पुस्तौँदेखि डोम समुदायले यस्ता सामग्री निर्माण गर्दै आए पनि बजारमा पु¥याउने र उपभोक्तासम्म पु¥याउने काममा अन्य समुदायको समेत सहभागिता रहने गरेको छ ।

 

छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सदभाव, सहिष्णुता र समावेशिताको पर्वका रूपमा पनि लिइन्छ । एउटै घाटमा विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको उपासना गर्ने परम्पराले जातीय तथा धार्मिक विभेदभन्दा माथि उठेर सहअस्तित्वको सन्देश दिन्छ ।यसरी छठको एउटा छिट्टाले डोम समुदायको सीप, मुस्लिम समुदायको व्यापार र हिन्दू समुदायको आस्थालाई एउटै सांस्कृतिक परम्परामा जोडेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

  मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई

छुवाछूतविरुद्धको आन्दोलनमा जेनजी अगुवा मिराज ढुंगानाको ऐक्यबद्धता

काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ। व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं ,२७ कात्तिक। नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

केराबारीको जंगलमा महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र

विद्युतीय माइक्रोको सिट र रुट परमिट निर्णय माथि छानबिन गर्न महासंघको माग

काठमाडौं,२७ कार्तीक । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष