एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने भएको छ।भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो।

 

बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो। पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली लगायत नेताहरूको उपस्थिति रहेको थियो। भेलाको तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो प्रदेशबाट हुने सहभागिताबारे रिपोर्टिङ गरेका थिए। उनीहरूले प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने जानकारी गराउँदै तयारीका कामहरू तीव्र गतिमा अघि बढिरहेको बताएका थिए।

 

बैठकको अध्यक्षता गर्नुभएका संगठन विभाग प्रमुख ढकालले भेलालाई सफल बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमस्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका तयारीलाई तीव्रता दिइएको छ।ढकालले प्रस्तुत गर्नुभएको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।

 

त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन पार्टीले भेलामा सहभागी हुन आउने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा उपस्थित हुन आग्रह गरेको छ।एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीको संगठनात्मक एकता थप सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

  मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई

छुवाछूतविरुद्धको आन्दोलनमा जेनजी अगुवा मिराज ढुंगानाको ऐक्यबद्धता

काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ। व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं ,२७ कात्तिक। नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

केराबारीको जंगलमा महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र

विद्युतीय माइक्रोको सिट र रुट परमिट निर्णय माथि छानबिन गर्न महासंघको माग

काठमाडौं,२७ कार्तीक । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष