छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ।

व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा आरम्भ भएको हो।

नहाय–खायका दिन व्रतालुहरूले बिहानै नजिकैको नदी, तलाउ, पोखरी तथा जलाशयमा स्नान गरी शरीर र मनलाई शुद्ध पारेर सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ। यस दिन अरवा चामलको भात, चनाको दाल र लौकाको तरकारी खाने चलन रहेको छ।

तराई–मधेसको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने चारदिने छठ महापर्वका लागि पर्सा जिल्लाका नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा छठघाट निर्माण र सजावटको काम तीव्र रूपमा भइरहेको छ। जिल्लाको सदरमुकाम वीरगन्जस्थित घडिअर्वा पोखरी, मुर्ली पोखरी, नगवा पोखरी, छपकैया पोखरी र रानीघाटलगायत स्थानका छठघाटको सजावट अन्तिम चरणमा पुगेको छ। रङ्गीविरङ्गी बिजुलीका बत्ती, फूलमाला र आकर्षक पण्डालले छठघाटहरूलाई बेहुलीझैँ सिँगारिएको छ।

नेपालमै छठ पूजाका लागि प्रसिद्धि कमाएको वीरगन्जको घडिअर्वा पोखरीको सजावटमा यस वर्ष लाखौँ रुपैयाँ खर्च गरिएको छ। पोखरी परिसरमा पूजा–आराधना तथा दर्शन गर्न आउने व्रतालु र श्रद्धालुहरूको सुविधाका लागि विभिन्न व्यवस्था मिलाइएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिए।

अध्यक्ष साहका अनुसार छठ पर्वको तेस्रो दिन अर्थात् सन्ध्या अघ्र्यका अवसरमा नेपाली सेनाको वीरगन्जस्थित टोलीले छठीमैयालाई सलामी अर्पण गर्ने तयारी गरेको छ। वीरगन्जको माईस्थान चोकबाट बाजागाजासहित मार्च गर्दै पोखरीस्थित छठघाट पुगेर नेपाली सेनाले सलामी अर्पण गर्ने कार्यक्रम रहेको उनले बताए।

छठ पर्वको दोस्रो दिन व्रतालुहरूले ‘खरना’ विधि पूरा गर्छन्। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई ‘सन्ध्या अघ्र्य’ अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई ‘प्रातः अघ्र्य’ दिएपछि छठ पर्वको समापन हुन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

  मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई

छुवाछूतविरुद्धको आन्दोलनमा जेनजी अगुवा मिराज ढुंगानाको ऐक्यबद्धता

काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ। व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं ,२७ कात्तिक। नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

केराबारीको जंगलमा महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र

विद्युतीय माइक्रोको सिट र रुट परमिट निर्णय माथि छानबिन गर्न महासंघको माग

काठमाडौं,२७ कार्तीक । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष