रुस–युक्रेन आक्रमण तीव्र : ऊर्जा पूर्वाधार र ड्रोन केन्द्र निशानामा

काठमाडौं ,२८ कार्तीक। रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ । दुवै देशले शुक्रबार सार्वजनिक गरेका विवरणअनुसार रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमा ड्रोन आक्रमण गरेको छ भने युक्रेनले रुसका ड्रोन केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले पछिल्लो एक सातामा युक्रेनका सैन्य उद्योग, लजिस्टिक केन्द्र तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी दुईवटा ठूलो स्तरका आक्रमण र १२ वटा क्लस्टर आक्रमण गरेको छ ।

 

मन्त्रालयले हतियार ढुवानी गरिरहेका युक्रेनका १५ वटा सुख्खा मालवाहक पानीजहाजमा समेत आक्रमण गरेको दाबी गरेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा खार्किभ र सुमी क्षेत्रमा रहेका दुईवटा बस्ती आफ्नो नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।यता, युक्रेनको सशस्त्र सेनाको जनरल स्टाफले शुक्रबार बिहान रुसी भूभाग रोस्तोभ–अन–डनमा रहेका तीनवटा ड्रोन केन्द्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनी नौसेनाले आर–३६० नेप्च्युन क्षेप्यास्त्र प्रणाली प्रयोग गरी ती केन्द्रलाई लक्षित गरेको उसको भनाइ छ ।

 

युक्रेनी सेनाका अनुसार पछिल्लो २४ घण्टामा अग्रपंक्तिमा १७५ वटा भिडन्त भएका छन् । युक्रेनी वायुसेना, क्षेप्यास्त्र बल र तोपखानाले रुसी सैनिक भेला हुने क्षेत्र तथा ड्रोन नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण गरेका छन् । दुवै पक्षले सार्वजनिक गरेका विवरणमा आक्रमण र सैन्य सफलतासम्बन्धी दाबी समेटिएका छन् । ती दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । सीसीटीभी

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते