हात्तीको त्रास

बाहुनडाँगीमा बाली भित्र्याउन थप सुरक्षा फौज परिचालन

बाहुनडाँगी, २८ कार्तिक। हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय झापाले हात्ती प्रभावित बाहुनडाँगीका किसानलाई पाकेको बाली समयमै घर भित्र्याउन आग्रह गरेको छ।बाली थन्क्याउञ्जेल थप सुरक्षाफौज परिचालन गरी हात्तीको प्रवेश नियन्त्रण गर्ने रणनीतिमा सुरक्षा निकायका प्रमुखहरू रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताँउनु भयो ।

हिजो शुक्रबार बिहानै एक जना घाइते भएको घटनापछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सहितको टोलीले हात्ती प्रवेशको पूर्वी बिन्दु बाहुनडाँगी नाकाको आकस्मिक भ्रमण गरेको थियो ।टोली भारततर्फबाट हात्ती प्रवेश गर्ने मुख्य बिन्दु बाहुनडाँगी पुग्दा स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रेखदेख र संरक्षणमा किसानहरू पाकेर पहेँलो भएको धानबाली धमाधम काट्ने र ढुवानी गर्ने काममा जुटेका थिए।सुरक्षा प्रमुखहरूले स्थानीय किसानसँग खेतीबारीमा नै ‌ छलफलसमेत गरेका थिए।बढीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सकिए पाकेको धानबाली सुरक्षित रूपमा घर भित्र्याउन पाइने स्थानीय किसानको माग रहेको छ ।

त्यस मागको यथोचित सम्बोधन गर्न दुवै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताँउनु भयो ।उहाँले जिल्लाबाट अतिरिक्त सुरक्षा जनशक्ति खटाई स्थानीय समुदायसँग मिलेर हात्तीको प्रवेश नियन्त्रण गर्न प्रयास गरिने जानकारी दिनु भयो ।स्थलगत अवलोकनपछि स्थानीय वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, संघसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रिया पनि भएको थियो ।

 

हात्ती नियन्त्रणका लागि सो स्थानमा खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गर्नु भएको थियो । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा प्राप्त भएको थियो ।हाल सो स्थानमा सशस्त्र प्रहरी , नेपाल प्रहरी , डिभिजन वन कार्यालयका कर्मचारी , स्थानीय युवासहितको टोली तैनाथ रहेको छ । हात्ती आएको सूचना प्राप्त हुनासाथ उक्त टोली ‌ खटिने गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताँउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते