अस्ट्रेलियामा बढ्दो आप्रवासनविरुद्ध संसद् भवनअगाडि प्रदर्शन

क्यानबेरा,२८ कार्तीक । अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शन देशका विभिन्न सहरमा हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो । आयोजकहरूले शनिबार दिउँसो १ बजे संसद् भवनअगाडिको फेड् रेसन् महलमा कार्यक्रम आयोजन गरेका थिए । प्रदर्शनकारीहरूले अस्ट्रेलियामा ठूलो सङ्ख्यामा आप्रवासी भित्र्याउने नीतिमा पुनर्विचार गर्न, आप्रवासनको सङ्ख्या घटाउन, विदेशी प्रभावबाट राजनीतिक निर्णय प्रक्रियालाई मुक्त राख्न तथा आवास र जीवनयापनको बढ्दो लागतलाई सम्बोधन गर्न माग गरेका छन् ।

 

यो अभियान सेप्टेम्बर १३ देखि सुरु भएर ब्रिस्बेन, डार्बिन, पर्थ, एडिलेड, मेलबर्न र सिड्नी हुँदै क्यानबेरासम्म आइपुगेको हो । अभियानका प्रमुख आयोजक स्कट चालेन र साम बामफोर्डलगायतका व्यक्तिहरूले विभिन्न सहरमा आयोजित कार्यक्रममा आप्रवासन नीतिबारे आफ्ना धारणा राख्दै आएका छन् ।नेपाल न्यूज बैंकसँगको कुरा गर्दै ब्रिस्बेनका ट्रक चालकले आफू जस्तै डाक्टर, नर्स, ईन्जिनियर आदी जस्ता दक्षकामदार सदैब अस्ट्रेलियालाई खाँचो रहेको भए पनि जथाभावी गैर कानुनी रुपमा भित्रिएका आप्रवासीले यस्तो परिस्थिती आएको बताँउनु भयो ।

 

यसअघि नोभेम्बर ८ मा सिड्नीमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका थिए । त्यहाँ ‘सीमा बन्द गर’ र ‘आप्रवासन फिर्ता गर’ भन्ने नारासमेत लगाइएको समाचार सार्वजनिक भएको थियो । केही वक्ताहरूले भारत, अफ्रिका, एसिया र मध्यपूर्वबाट आउने आप्रवासीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।अस्ट्रेलियामा आप्रवासनको विषय अहिले राजनीतिक बहसको केन्द्रमा छ । आवासको अभाव, घरभाडा वृद्धि, पूर्वाधारमा बढ्दो दबाब र जीवनयापनको महँगीलाई आप्रवासनसँग जोडेर विरोध गर्नेहरू बढिरहेका छन् । अर्कोतर्फ, आप्रवासी समुदायले देशको आर्थिक विकास, श्रम बजार र बहुसांस्कृतिक पहिचानमा आप्रवासीहरूको योगदानलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउँदै आएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते