काठमाडौं ,२९ कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले जित निकाल्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । अंक तालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ । कर्णाली याक्स भने सातौं स्थानमा छ ।
यसैगरी आज साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।आज हुने दुवै खेलले अंक तालिकाको समीकरण टुंगो लाग्नेछ ।










