पञ्चेश्वर परियोजना निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री शाहलाई प्रचण्डको आग्रह

काठमाडौं,३ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पु¥याउन सुझाव दिनु भएको छ।आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सम्झौता हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उहाँले त्यसलाई टुंगोमा पु¥याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताँउनु भएको छ ।रुसको राजधानी मस्कोमा आयोजित ‘फ्रिडम अफ नेसन्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किनु भएको प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणमा आफूले अघि बढाएका महत्वपूर्ण सहमति र परियोजनालाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ।

 

प्रचण्डले पञ्चेश्वर परियोजनासँगै विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकाससँग सम्बन्धित सहमति तथा समझदारीलाई पनि अघि बढाउनुपर्ने बताँउनु भयो । ‘नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु । नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे जति काम अगाडि बढाएको थिएँ, ती कामलाई उहाँले फत्ते गरिदिनुहोस् भन्ने चाहन्छु,’ उहाँले भन्नु भयो ।

 

महाकाली सन्धिपछि अघि बढाइएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नेपाल र भारतबीचको प्रमुख जलस्रोत सहकार्यको आयोजना हो । परियोजनाको कार्यान्वयनबाट विद्युत् उत्पादनसँगै सिँचाइ र बाढी नियन्त्रणमा समेत लाभ लिन सकिने अपेक्षा गरिएको छ । तर, लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लाभ बाँडफाँट लगायत विषयमा सहमति जुट्न नसक्दा यसको कार्यान्वयन अघि बढ्न सकेको छैन ।प्रचण्डले प्रधानमन्त्री शाहले राम्रो काम गरे आफू र आफ्नो पार्टीको सहयोग रहने पनि स्पष्ट पार्नु भएको छ। यसअघि संसद्मा बोल्दा पनि प्रधानमन्त्रीलाई राम्रो काम गर्न आग्रह गरेको र त्यसमा आफ्नो साथ रहने बताएको उहाँले स्मरण गराँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त

दल त्याग गरेका जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,३ मंसिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ को मृत्यु, ७ घाइते

काठमाडौं,३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज९विहीबार० बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको

बाढीका कारण गोरखाको सोति–मान्बु पुल अवरुद्ध

काठमाडौं ,३ मंसिर। बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा

भद्रपुरमा कुटाकुट हुँदा तीन घाइते, दुई मोटरसाइकल नियन्त्रणमा

भद्रपुर , ३ मंसिर । भद्रपुरमा दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।गएराति १०ः३० बजे भद्रपुर ५ सुन्दरबस्ती बस्ने ३९ वर्षीय अजय हरिजनको

बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, चालक फरार

झापा, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको