बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, चालक फरार

झापा, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो।गएराति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ स्थित खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा दुर्घटना भएको हो।राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकआपसमा ठोक्किएका थिए।

 

सो दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा बाह्रदशी ५ चकचकीका गोपाल ताजपुरिया र बाह्रदशी २ बुट्टावारीका अशोक राजवंशी भएको बुझिएको छ । मृतकहरुको यकिन पहिचान खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । वीभत्स दुर्घटना भएकाले मृतकहरुको अनुहार नै नचिनिने अबस्थामा पुगेको छ ।

 

उनीहरुको उमेर अन्दाजी ३० देखि ३५ वर्षको भएको अनुमान गरिएको छ । दुर्घटनापछि धान काट्ने मेसिन गाडी घटनास्थलमै छाडेर चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको छ । दुर्घटना भएको भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट प्रहरी सहायक निरीक्षक पुष्पलाल मिश्रको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको कमाण्डमा टोली गएको थियो ।

 

राति १२ः४५ बजे कानुनी प्रकृयापश्चात् दुवै लाश पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त

दल त्याग गरेका जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,३ मंसिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ को मृत्यु, ७ घाइते

काठमाडौं,३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज९विहीबार० बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको

बाढीका कारण गोरखाको सोति–मान्बु पुल अवरुद्ध

काठमाडौं ,३ मंसिर। बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा

भद्रपुरमा कुटाकुट हुँदा तीन घाइते, दुई मोटरसाइकल नियन्त्रणमा

भद्रपुर , ३ मंसिर । भद्रपुरमा दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।गएराति १०ः३० बजे भद्रपुर ५ सुन्दरबस्ती बस्ने ३९ वर्षीय अजय हरिजनको

बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, चालक फरार

झापा, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको

पञ्चेश्वर परियोजना निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री शाहलाई प्रचण्डको आग्रह

काठमाडौं,३ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पु¥याउन