भद्रपुरमा कुटाकुट हुँदा तीन घाइते, दुई मोटरसाइकल नियन्त्रणमा

भद्रपुर , ३ मंसिर । भद्रपुरमा दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।गएराति १०ः३० बजे भद्रपुर ५ सुन्दरबस्ती बस्ने ३९ वर्षीय अजय हरिजनको घरमा गई वडा नं ६ बस्ने २७ वर्षीय राजिब कामत, सोही ठाउँ बस्ने ३० वर्षीय अजय कामती लगायत १०र१२ जनाको समूहले कुटपिट गर्न खोजेको थियो । दुई पक्षबीच भनाभन भई कुटाकुट हुँदा अजय हरिजनको टाउकोको पछाडि भागमा चोट लागेको छ । उहाँको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।

 

त्यस्तै टाउकोमा चोट लागेका राजिब कामतीको अवस्था बोल्न सक्ने सामान्य रहेको छ भने अजय कामतीको टाउकोमा चोट लागेको छ । उहाँको अवस्था पनि बोल्न सक्ने सामान्य रहेको छ । तीनै जना घाइतेको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।वडा प्रहरी कार्यालय भद्रपुरबाट टोली खटिएर घटनास्थलबाट प्र.१–०१–०१८ प. ५६०१ र मे. १० प. ३७५३ नम्बरको २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।यसैबीच कुटपिट गर्ने अजय कामतीलाई सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ । अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त

दल त्याग गरेका जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,३ मंसिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ को मृत्यु, ७ घाइते

काठमाडौं,३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज९विहीबार० बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको

बाढीका कारण गोरखाको सोति–मान्बु पुल अवरुद्ध

काठमाडौं ,३ मंसिर। बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा

भद्रपुरमा कुटाकुट हुँदा तीन घाइते, दुई मोटरसाइकल नियन्त्रणमा

भद्रपुर , ३ मंसिर । भद्रपुरमा दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।गएराति १०ः३० बजे भद्रपुर ५ सुन्दरबस्ती बस्ने ३९ वर्षीय अजय हरिजनको

बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, चालक फरार

झापा, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको