काठमाडौं,३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज९विहीबार० बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनु भयो ।घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी काफ्लेले बताँउनु भयो ।










