दल त्याग गरेका जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,३ मंसिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गरेको छ ।आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मङ्सिर २ गते पद रिक्त हुने निर्णय गरिएको हो ।पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरा सहित केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएपछि नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सूचना सार्वजनिक गरिएको जनाइएको छ ।

 

सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।यस्तै पर्साको कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलको पद पनि रिक्त भएको छ ।खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ ।

 

खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक, वडा सदस्यदय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पद रिक्त भएको छ ।यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडा अध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढाल बहादुर गुरूङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियाको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त

दल त्याग गरेका जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,३ मंसिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ को मृत्यु, ७ घाइते

काठमाडौं,३ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज९विहीबार० बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको

बाढीका कारण गोरखाको सोति–मान्बु पुल अवरुद्ध

काठमाडौं ,३ मंसिर। बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा

भद्रपुरमा कुटाकुट हुँदा तीन घाइते, दुई मोटरसाइकल नियन्त्रणमा

भद्रपुर , ३ मंसिर । भद्रपुरमा दुई पक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।गएराति १०ः३० बजे भद्रपुर ५ सुन्दरबस्ती बस्ने ३९ वर्षीय अजय हरिजनको

बाह्रदशीमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, चालक फरार

झापा, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको